

-
काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताउनुभएको छ ।
भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक दुईदिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको छ भन्नुभयो ।
“जग्गा प्रशासन क्षेत्रमा सुशासन कायम गरी सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने प्रक्रियामा मन्त्रालय लागेको छ” उहाँले भन्नुभयो, “विकास निर्माणका लागि आवश्यक पर्ने भौगोलिक सूचनाको उपलब्धता सुनिश्चित तुल्याउन मन्त्रालय प्रतिबद्ध छ ।”
मन्त्री अर्यालले विकास निर्माणको मेरुदण्ड नाप–नक्शा तथा भूमि व्यवस्थापनले राज्यलाई पु¥याउनुपर्ने योगदानका लागि समसामयिक क्षमता विकास गर्नु अपरिहार्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नाप–नक्शा तथा भूमि व्यवस्थापनमा नविनतम् प्रविधिको प्रयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“भूमि व्यवस्थापनका क्षेत्रमा स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग थप सहकार्य गर्न जरुरी देखिन्छ”, उहाँले भन्नुभयो, “नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा भएको विकसित प्रविधिलाई आत्मसात गर्दै जानुपर्दछ ।”
मन्त्री अर्यालले केन्द्रले भूमि व्यवस्थापनमा रुपान्तरणका लागि प्रशिक्षण पाठ्यक्रममा समसामयिक परिमार्जन, क्षमता विकास तथा विश्वविद्यालयको सहकार्यलाई अझ बढी प्रभावकारी र व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिदैं यस्ता अन्तरराष्ट्रिय गोष्ठीबाट नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा देश विदेशमा विकास भएका नविनतम् प्रविधि एवं अवधारणको अध्ययन, अनुसन्धान तथा उपयोगको अनुशरण गरी निरन्तरता दिनुपर्छ भन्नुभयो ।
काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले कुनैपनि विषयमा योजनामा स्रोत, योजनाकार, सामग्री तथा दूरदृष्टि भएमात्रै अपेक्षित लक्ष्य पूरा हुने बताउनुभयो । धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जू श्रेष्ठले ग्रामीण र शहरी क्षेत्रमा छुट्टाछुट्टै अवधारणा बनाइ वैज्ञानिक ढङ्गले भूमि व्यवस्थान जरुरी भएको बताउनुभयो ।
दुई दिने सो कार्यशाला गोष्ठीमा नेदरल्याण्ड, टर्की, चीन, भारत, अफ्गानिस्तान, मङ्गोलियालगायत १५ देश तथा नेपालस्थित विश्वविद्यालयका प्राध्यापक, भूमिविज्ञ, विद्यार्थी, कर्मचारीलगायत एक सयको सहभागिता रहेको केन्द्र प्रमुख गणेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोष्ठीमा दिगो विकास लक्ष्यअनुरुप विकासको ‘मोडल’, वैज्ञानिक शहरीकरणमा प्रविधिको विकास, भूमि व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगलगायतका विषयमा देश विदेशका विज्ञले प्रस्तुतिकरण एवं अनुभव आदानप्रदानको गर्ने कार्यक्रम रहेको छ । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


