

-
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा अख्तियार दूरुपयोय अनुसन्धान आयोगले गरेको कार्यक्रममा उहाँले प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारलाई जरैदेखिे फालेर भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भ्रष्टाचार विरुद्ध धेरै राम्रो काम गरेको भए पनि कतिपय अवस्थामा अख्तियारले कर्मचारीलाई आतङ्कित बनाएको उल्लेख गर्नुभयो । बेनामी उजूरीका भरमा अख्तियारले कसैलाई दुख दिनु राम्रो पक्ष नभएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले अख्तियारले गर्दा विकास निर्माणका काममा असर पर्न नहुने धारणा राख्नुभयो । भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु अख्तियारको मात्र नभइ आम नागरिकको दायित्व रहेको उहाँको धारणा थियो ।
मुख्यमन्त्री पौडेलले भ्रष्टाचार अन्त्यका लागि सबैले व्यवहारमा नै सदाचार कायम गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने सङ्कल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने उहाँको धारणा थियो ।
“जो जहाँ जुन दायित्वमा छ, उसले आफ्नो दाइत्व इमान्दारिताका साथ पूरा गर्नुपर्छ, तव मात्र भ्रष्टाचार अन्त्य हुन्छ” उहाँले भन्नुभयो । उहाँले प्रदेश सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो । रासस
News Desk 0 response सोमवार, मंसिर २३, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



