

-
काठमाडौँ । सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर सरुवा गर्ने भएको छ । आज राज्य व्यवस्था समितिमा ‘सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’अन्तर्गतको सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धबारे छलफल गर्न बसेको समितिको बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति गरेको छ ।
बैकठले विधेयकमा रहेका सम्बन्धित प्रदेशमा रहेका स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीलाई सोही प्रदेशभित्रका अन्य स्थानीय तहका समान तहमा सरुवा गर्नका लागि आधार र मापदण्ड बनाउने सहमति गरेको हो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कर्मचारीलाई एक ठाउँमा राख्नु भन्दा सरुवा गर्नुपर्ने बताउनुभयो । उहाँले आधार र मापदण्ड बनाएर सम्बन्धित प्रदेशका कर्मचारीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्नुपर्ने बताउनुभयो ।
“एउटा कर्मचारीलाई सधैभरि एउटै स्थानीय तहमा राख्नु हुदैन”, उहाँले भन्नुभयो, “उनीहरु एकै ठाउँमा बसेभने कसैलाई टेर्न पनि छाडछन्, त्यसैले प्रदेशभित्र एउटा स्थानीय तहबाट अर्कोमा सरुवा गर्नुपर्दछ ।” उहाँले विधेयक बनाउँदा अहिलेको आवश्यकतालाई भन्दा अनन्तकालसम्म पनि टिक्ने खालको बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समितिका सभापति शशी श्रेष्ठले चक्रिय प्रणाली अनुसार स्थानीय तहका एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कर्मचारीलाई सरुवा गर्न व्यवस्था गर्न थालिएको जानकारी दिनुभयो । समिति सदस्य रेखा शर्माले एक प्रदेशका कर्मचारी अर्को प्रदेशमा पठाऔं भन्ने सङ्घीयताको मर्म नहुने भन्दै प्रदेशभित्र नै सरुवा गर्नुपर्ने बताउनुभयो ।
समिति सदस्य पम्फा भुसालले अहिले रहेका कर्मचारीको सङ्ख्या घटाउनुपर्ने बताउनुभयो । उहाँले अहिले रहेका कर्मचारीमध्ये एक तिहाई घटाई बाँकी रहेका कर्मचारीलाई अहिलेको सुविधामा दुई तिहाई थप गरी कर्मचारीलाई काममा लगाउनुपर्ने धारणा राख्नुभयो । “अहिले मन्त्रालयमा जाने हो भने उपसचिव र सहसचिव भेटिदैनन्”, उहाँले भन्नुभयो, “त्यसैले अहिले रहेका कर्मचारीमा कति के चाहिन्छ त्यो सर्वेक्षण गरेर कटौती गर्नुपर्दछ ।”
यसैगरी बैठकले राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका कर्मचारीको नेतृत्व परीक्षण गरेर काम दिन विधेयकमा समेटिने भएको छ । मन्त्री त्रिपाठीले निश्चित मापदण्ड बनाएर कर्मचारीको नेतृत्व परीक्षण गर्नुपर्ने बताउनुभयो । “नेतृत्व परीक्षणका लागि मापदण्ड बनाउनुपर्दछ”, उहाँले भन्नुभयो, “यही मापदण्ड नबनाउने हो भने नेतृत्व परीक्षणको काम छैन ।” समिति सदस्य दिलेन्द्र बडू, झपट रावल, नवराज सिलवाल, मीना पाण्डेलगायतले जनतालाई न्याय हुने खालको विधेयक बनाउनुपर्नेमा जोड दिनुभयो ।
एक सय दश स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत छैनन् । सात सय ५३ मध्ये अझै ११० स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत छैनन । ती स्थानीय तह निमित्तका भरमा सञ्चालन भएका छन् । आज संसद्को राज्य व्यवस्था समिति बैठकमा मन्त्री त्रिपाठीले ११० स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत नरहेको जानकारी गराउनुभयो ।
उहाँले जनतालाई प्रत्यक्ष सेवा पु-याउने स्थानीय तहमा कर्मचारी नहँुदा जनताका काम हुन नसकेको बताउनुभयो । मन्त्री त्रिपाठीले कर्णाली प्रदेशमा पनि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पनि सचिव नहुँदा बोलपत्र स्वीकृत हुन नसकेका जानकारी दिनुभयो । उहाँले केन्द्रीय शासन तीन शताब्दीदेखि नै आएकाले प्रदेश र स्थानीय तहलाई बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । रासस
News Desk 0 response सोमवार, मंसिर २३, २०७६

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



