

-
बुटवल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका आयोजनाको पहिचान गरेर काम नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताउनुभएको छ । उहाँले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारवाही स्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने बताउनुभएको छ ।
रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइनेछ भन्नुभयो ।
उहाँले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख गन्तव्यका रुपमा राखेको अवस्थामा भ्रमण वर्ष शुरु हुनै लाग्दासमेत भैरहवा–लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररुपमा लिएको छ भन्नुभयो । यही डिसेम्बरको अन्तिमसम्ममा भैरहवाबाट लुम्बिनी पुग्ने सडक एकतर्फी भएपनि कालोपत्रे गर्न निर्देशन दिनुहुँदै मन्त्री नेम्वाङले भन्नुभयो, ‘‘भ्रमण वर्षको शुरुआतीसँगै लुम्बिनी आवतजावत गर्न पर्यटकलाई कुनै पनि किसिमले समस्या हुनु हुँदैन ।’’
उहाँले निर्माण कम्पनीले अलपत्र पारेर छाडेका भैरहवा लुम्बिनी सडकका तिनाउ र दानव नदीका दुईटा पुलको ठेक्का केही दिनभित्रै तोडेर भएपनि काम अगाडि बढाइने स्पष्ट पार्नुभयो । मन्त्री नेम्वाङले हाल अलपत्र पारिएका पुलको नयाँ प्रक्रियाबाट काम अघि बढाउने र दुबै नदीमा सोही ठाउँमै दुई लेनका दुईवटा पुल थपेर सडकलाई चार लेन पु¥याइने बताउनुभयो । उहाँले तत्कालको अवागमनलाई सहज बनाउन उक्त ठाउँमा बेलिब्रिज वा अन्य विकल्पका बारेसमेतमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।
लुम्बिनी परिपथसहितको रुपन्देहीका ४१ किलोमिटर सडक र पुल द्रुतगतिको माध्यमबाट सम्पन्न गर्न मन्त्री नेम्बाङले निर्देशन दिनुभयो । उहाँले सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणको (विस्तृत आयोजना प्रतिवेदन)डिपिआर निर्माणको काम सम्पन्न भइसकेको र अबको एक महिनाभित्र बोलपत्र खुलाउने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यातायातमा एकाधिकार खारेज भइसकेको र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनुभयो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बुटवल पश्चिमको सडक विस्तारको कामको डिपिआएर निर्माण र लगानीको सुनिश्चितताको काम यसै वर्ष हुनेछ भन्नुभयो । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


