

-
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताउनुभएको छ । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज यहाँ शिलान्यास गर्दै उहाँले सपना देख्नेले मात्र मुलुकको विकास र समृद्धिलाई गति दिन सक्ने बताउँदै मुर्छित सपनालाई जागृत गर्न आम नेपाली युवा लाग्नुपर्ने भनाइ राख्नुभयो ।
उहाँले सपना देखेर नै विकासका काम हुने भन्दै सपना देख्ने साथीहरुको अभियान नै स्काई वाक टावर निर्माणकार्यको प्रारम्भ भएको उल्लेख गर्नुभयो । “सपना नदेख्नेले मुलुकलाई गति दिन सक्दैनन्, परिवर्तन गर्न सक्दैनन् । हिजो सपना देख्नेलाई लाञ्छित गरिन्थ्यो, अझै पनि रहलपहल रहेका छन्”, उहाँले भन्नुभयो, “सपना देख्नेलाई लाञ्छित गर्ने पात्र अझै यदाकदा अलिअलि रहेका छन् । सपना देख्नेलाई गाली गर्नेले यो स्काई वाक टावरको निर्माणबाट सिकुन्, बुझुन् र जानुन् ।”
नयाँ काम गर्ने सङ्कल्प तथा घोषणाअनुसार उक्त कार्यको शुभारम्भ गरिएको भन्दै उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानलाई पूरा गर्न काम गरेर देखाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पु-याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त स्काई वाक टावरले पर्यटन क्षेत्रमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली युवाहरुले अन्तरराष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानसित तथा कमाइको केही रकमलाई नेपालमा प्रयोग गर्दै स्काई वाक टावरको निर्माणमा जुट्नु नेपालमाथिको भरोसा जाग्दै गएको बताउँदै निरासावादी चिन्तनलाई परास्त गर्दै देशमै केही सम्भावना छ भन्ने विश्वास पैदा भएको बताउनुभयो ।
लगानीको सम्भावना छ, सही ढङ्गले प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास आम नेपाली युवाहरुमा जागृत हुँदै गएको उल्लेख गर्दै उहाँले युवाहरुको जोश, जाँगरका साथ शुरु गरिएको कार्यले विश्वभरलाई प्रेरणाको स्रोतको साथमा लगानीको वातावरण सिर्जनामा थप टेवा पुगेको बताउनुभयो ।
स्काई वाक टावर पर्यटन प्रवद्र्धनसँग सहयोग पु-याउने भन्दै उहाँले पर्यटन क्षेत्र नै मुलुकको समृद्धि तथा रोजगारीको आधार भएको बताउनुभयो । उहाँले गुणस्तरीय पर्यटन प्रवद्र्धनकै लागि नेपाल भ्रमण वर्ष–२०२० को आयोजना गरी २० लाख पर्यटक भित्र्याउने सरकारले अभियान चलाएकाले सबैले साथ र सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आम नेपाली युवाको सपना नै यथार्थको बाटोका रुपमा एउटा उदाहरणका लागि स्काई वाक टावर रहेको उल्लेख गर्दै समृद्ध नेपालको राष्ट्रिय चाहनालाई पूरा गर्न उक्त कार्यले विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले टावर निर्माणले देश निर्माणको अभियानमा जुटेकालाई मार्गनिर्देश तथा आधार तयार गरेकोसमेत बताउनुभयो । उहाँले स्काई वाक टावरले नेपालको अर्को परिचय नै थप हुने भएको समेत दाबी गर्नुभयो ।
नेपाली काङ्ग्रेसका नेता रामशरण महतले स्काई वाक टावर निर्माणसँगै युवा जोश जाँगरले मुलुकलाई डो-याउने कार्यको शुभारम्भ भएको बताउनुभयो । देश विकासको निम्ति विदेशमा कमाएको रकम तथा सीपलाई आफ्नो मुलुकमा प्रयोग गर्नु नै समृद्धिको आधार भएको उल्लेख गर्नुभयो ।
उक्त स्काई वाक टावर तीन सय करोडको लगानीमा ७८ मिटर अग्लो बन्ने भएको परियोजना निर्देशक सञ्जीव रोकाले जानकारी दिनुभयो । टावर शिलान्यास गरिएको १८ महिनाभित्रमा निर्माण निर्माण भइसक्ने छ । रासस
News Desk 0 response शनिबार, मंसिर २१, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


