

-
काठमाडौँ । डिसेम्बर ७ अर्थात् अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षाबारे गोष्ठी, प्रभातफेरी, झण्डोत्तोलनलगायत कार्यक्रम आयोजना ग–यो ।
यसै अवसरमा बिहान सिनमामङ्गलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसम्म प्रभातफेरि गरियो । प्रभातफेरिमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका उच्च अधिकारी, क्यानका महानिर्देशक राजन पोखरेललगायत मन्त्रालय, क्यान, विमानस्थल र नेपाल वायु सेवा निगमका कर्मचारी एवं पर्यटन व्यवसायीको सहभागिता थियो ।
अन्तरारष्ट्रिय विमानस्थलको टर्मिनल परिसरमा पर्यटनमन्त्री भट्टराईले नेपालको राष्ट्रिय झण्डा र आइकाओको झण्डोत्तोलन गर्नुभयो । सो अवसरमा मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन सरकार लागिपरेको बताउनुभयो ।
उहाँले हवाई क्षेत्रमा देखापरेको विश्वव्यापी आयाम र नेपालको बद्लिदो परिस्थितिअनुरुप मन्त्रालयले नीगिगत तथा संरचनागत सुधारका काम अघि बढाएको उल्लेख गर्नुभयो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको मापदण्डअनुरुप उड्डयनको सुरक्षा, सेवा गुणस्तर अभिवृद्धिमा लागिपरेको बताउनुभयो ।
सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलोपटक हवाई जहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सन् १९९४ मा अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन शुरु गरिएको हो । पछि संयुक्त राष्ट्रसङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । रासस
News Desk 0 response शनिबार, मंसिर २१, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


