

-
काठमाडौँ । डिसेम्बर ७ अर्थात् अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षाबारे गोष्ठी, प्रभातफेरी, झण्डोत्तोलनलगायत कार्यक्रम आयोजना ग–यो ।
यसै अवसरमा बिहान सिनमामङ्गलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसम्म प्रभातफेरि गरियो । प्रभातफेरिमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका उच्च अधिकारी, क्यानका महानिर्देशक राजन पोखरेललगायत मन्त्रालय, क्यान, विमानस्थल र नेपाल वायु सेवा निगमका कर्मचारी एवं पर्यटन व्यवसायीको सहभागिता थियो ।
अन्तरारष्ट्रिय विमानस्थलको टर्मिनल परिसरमा पर्यटनमन्त्री भट्टराईले नेपालको राष्ट्रिय झण्डा र आइकाओको झण्डोत्तोलन गर्नुभयो । सो अवसरमा मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन सरकार लागिपरेको बताउनुभयो ।
उहाँले हवाई क्षेत्रमा देखापरेको विश्वव्यापी आयाम र नेपालको बद्लिदो परिस्थितिअनुरुप मन्त्रालयले नीगिगत तथा संरचनागत सुधारका काम अघि बढाएको उल्लेख गर्नुभयो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको मापदण्डअनुरुप उड्डयनको सुरक्षा, सेवा गुणस्तर अभिवृद्धिमा लागिपरेको बताउनुभयो ।
सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलोपटक हवाई जहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सन् १९९४ मा अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन शुरु गरिएको हो । पछि संयुक्त राष्ट्रसङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । रासस
News Desk 0 response शनिबार, मंसिर २१, २०७६

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



