

-
काठमाण्डाै । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ । यसरी सामान खरिदमा विचार पु¥याइएन भने ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा देखिएको अनलाइन विज्ञापनबाट सम्पर्कमा आएका व्यक्तिलाई अमेरिकाबाट ल्याइएको आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी र शृङ्गारलगायतका सामान सस्तो मूल्यमा दिने भनेर ठगी गरेको खुल्न आएको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले यसरी विज्ञापन गरेर केही व्यक्तिले लाखौँ ठगी गरेको खुल्न आएको जानकारी दिनुभयो । अनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचना आएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई भक्तपुर बस्ने अमिर थापा र भक्तपुर कमलविनायकका अमन अवाल रहेको महाशाखाले जनाएको छ । एक महिनाको अवधिमा उनीहरुले सर्वसाधारणबाट रु आठ लाख बढी ठगी गरेको खुल्न आएको र उनीहरुको विषयमा थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसरलाई बुभाइएको महाशाखाले जनाएको छ । यस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



