

-
काठमाण्डाै । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ । यसरी सामान खरिदमा विचार पु¥याइएन भने ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा देखिएको अनलाइन विज्ञापनबाट सम्पर्कमा आएका व्यक्तिलाई अमेरिकाबाट ल्याइएको आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी र शृङ्गारलगायतका सामान सस्तो मूल्यमा दिने भनेर ठगी गरेको खुल्न आएको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले यसरी विज्ञापन गरेर केही व्यक्तिले लाखौँ ठगी गरेको खुल्न आएको जानकारी दिनुभयो । अनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचना आएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई भक्तपुर बस्ने अमिर थापा र भक्तपुर कमलविनायकका अमन अवाल रहेको महाशाखाले जनाएको छ । एक महिनाको अवधिमा उनीहरुले सर्वसाधारणबाट रु आठ लाख बढी ठगी गरेको खुल्न आएको र उनीहरुको विषयमा थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसरलाई बुभाइएको महाशाखाले जनाएको छ । यस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


