
-
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बौद्धिक अपाङ्गता भएका व्यक्तिको रक्षाका लागि सबै एक भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
२८औँ अन्तरराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा एशियाली बौद्धिक अपाङ्गता महासङ्घको २४औँ सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिलाई अरु व्यक्ति सरह व्यवहार गरी शैक्षिक तथा समग्र विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति पुनले भन्नुभयो,“शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि उचित वातावरण पाएमा धेरै राम्रो गर्न सक्छन्, त्यसका लागि परिवार, समाज र राष्ट्रले सहयोग गर्नुपर्छ ।” विश्वमा अपाङ्गता भएका व्यक्तिले फरक तरिकाले काम गर्दै कीर्तिमान कायम गर्दै आएको उहाँले स्मरण गर्नुभयो । उपराष्ट्रपति पुनले नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिको सम्मान, सुरक्षा र सहभागिताको व्यवस्था गरेको र सार्वजनिक सेवा, राजनीति, आर्थिक तथा सामाजिक विकासमा सहभागी गराएको जानकारी गराउनुभयो ।
बौद्धिक अपाङ्ग संघका अध्यक्ष मुक्तिनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिको थुप्रै चुनौती भए पनि सबैको सहयोग भएमा उनीहरु अगाडि बढ्नसक्ने बताउनुभयो । महासङ्घले वौद्धिक अपाङ्गताको क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सफल नेपाल, फिलिफिन्स र सिङ्गारपुरलाई पुरस्कार प्रदान गरेको थियो । उपराष्ट्रपति पुनले बौद्धिक अपाङ्ग सङ्घका अध्यक्ष मुक्तिनाथ अधिकारीलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
शुक्रबारसम्म चल्ने सम्मेलनबारे जानकारी दिँदै महासङ्घका अध्यक्ष सचितानन्द श्रीवास्तवले सम्मेलनमा सुस्त मनस्थिति भएका व्यक्तिको विकासमा कस्ता रणनीति अपाउने भन्ने विषयमा छलफल गरिने बताउनुभयो । महासङ्घमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधि नेपालमा पनि भित्र्याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलनले मद्दत गर्नेछ ।
नेपालको जनगणना २०६८ सालको तथ्याङ्कअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशत अपाङ्गता भएको व्यक्ति रहेको उल्लेख छ भने सन् २०११ को विश्व बैंक र विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति भएको उल्लेख छ ।
सम्मेलनमा एशियाका ३५० जनाको सहभागिता रहेको छ । सम्मेलनमा १४ देशका प्रतिनिधिले पाँच विषयमा ३२ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । समापनका अवसरमा काठमाडौँ घोषणपत्र जारी हुनेछ । महासङ्घका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले अध्यक्षता हस्तान्तरण गर्नेछ । नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो । रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९