

-
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गुणस्तरीय स्वास्थ्य भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताउनुभएको छ । उहाँले बसुन्धरास्थित ‘काठमाडौँ नेचरोप्याथी अस्पताल’को आज शुभारम्भ कार्यक्रममा पूर्वाधार निर्माण भएर मात्र मुलुक समृद्ध हुने बताउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको स्पष्ट गर्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्साको माध्यामबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर सो अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको बताउनुभयो । “राम्रो कामको थालनी भएको छ, अखण्डित ढङ्गले सेवा प्रदान गर्नुहोस्”, शुभकामना दिँदै उहाँले भन्नुभयो । अस्पतालको विकासका लागि सरकारका तर्फबाट सहयोग गर्ने उहाँको भनाइ थियो ।
पूर्वमन्त्री रामबहादुर गुरुङले योग र प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएकाले गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो । वरिष्ठ योग चिकित्सक हरिप्रसाद पोखरेलले सरकारले सरुवा रोगको उपचारका लागि ठूलो धनराशि खर्च गरे पनि नसर्ने रोगका बारेमा काम गर्न नसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एलोपेथिक मन्त्रालयको रूपमा मात्र रहेको उहाँको भनाइ थियो ।
सो अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योग थेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गरिने अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, ल्याब, विशिष्ट आवासकक्ष, जीवनशैली क्लिनिक सुविधा छन् ।
बिनाऔषधि र बिना शल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम, खोकी, कम्मर, गर्धन, बाथ, हड्डीसम्बन्धी रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा यन्जन गैरेले जानकारी दिनुभयोे । रासस
News Desk 0 response आइतवार, मंसिर १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


