
-
काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।
उहाँको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ ।” उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले रासससँग भन्नुभयो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्रीले विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न थाल्नुभएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो “हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।”अरु बिरामीभन्दा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ । घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले बताउनुभयो । रासस
News Desk 0 response आइतवार, मंसिर १५, २०७६


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९