
-
कावासोती । नवलपरासीपूर्व नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयले कैदीबन्दीलाई छिमेकी जिल्लामा रहेको कारागार पठाउनुपर्ने बाध्यता रहेको छ ।
नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएपछि जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्व दुई वर्षअघि स्थापना भएको हो । यहाँ कारागार नहुँदा कैदीबन्दीलाई चितवनस्थित कारागारमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
जिल्लामा कारागार नहुँदा कार्यालयलाई आर्थिक भारसमेत थपिएको उहाँले बताउनुभयो । जिल्ला बाहिरका कारगार ल्याउने लैजाने गर्दा यातायात खर्च बढेको उहाँले जानकारी दिनुभयो । अर्कोतिर सुरक्षाकर्मीलाई कैदीबन्दी लिएर चितवन पठाउनुपर्दा जनशक्ति अभावसमेत हुने गरेको उहाँले बताउनुभयो ।
जिल्लामा कारागार निर्माण गर्ने बारेमा सम्बन्धित पक्षसँग छलफल र पहल गर्ने काम भइरहेको छ । नयाँ जिल्ला भएकाले सबै संरचना नयाँ निर्माण गर्नुपर्ने हुँदा केही अप्ठ्यारो परेको उहाँको भनाइ छ । स्थानीय तह तथा केन्द्रका सरोकारवाला पक्षसँग कारागार निर्माणका लागि पहल गरिरहेको रानाभाटले बताउनुभयो ।
नवलपुरबाट चालू आर्थिक वर्षको अहिलेसम्म ६३ कैदीबन्दीलाई चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका टीकाराम पोखरेलले जानकारी दिनुभयो । सोमा चार महिला र ५९ पुरुष रहेका छन् । यस्तै गत आर्थिक वर्षमा तीन महिला र १३९ पुरुष गरी १४२ कैदीबन्दीलाई चितवन कारागार पठाइएको पोखरेलले जानकारी दिनुभयो । रासस
News Desk 0 response शुक्रबार, मंसिर १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९