

-
काठमाडौँ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी तुल्याउन यातायात र पर्यटनसम्बन्धी ‘इन्टरनेशनल वर्कसप अन ट्रान्सपोर्ट एन्ड टुरिज्म’ शीर्षकमा अन्तर्राष्ट्रिय कार्यशाला हुने भएको छ ।
चिनियाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटीले नेपाल अटोमोबाइल्स एशोसिएशन (नासा) फाउन्डेशनसँगको सहकार्यमा आगामी मङ्सिर २७ र २८ गते (डिसेम्बर १३ र १४ तारिख) काठमाडौँमा उक्त कार्यशाला आयोजना गर्न लागेको हो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई भव्यरूपमा सफल बनाउन विभिन्न प्रचारात्मक गतिविधि र अभियान सञ्चालन भइरहेको सन्दर्भमा यो कार्यक्रमले भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको जिकिर छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकूद महासङ्घ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ‘ड्राइभ टुरिज्म’, ‘बीआरआइ एण्ड टुरिज्म’, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटिलगायत १२ भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने कार्यक्रमका संयोजक आशीष गजुरेलले जानकारी दिनुभयो ।
कार्यशालामा चिनियाँ सरकारी तथा व्यावसायिक क्षेत्रको प्रस्तुति रहनेछ भने नेपालको सङ्घीय तथा प्रदेश सरकारका उच्च अधिकारी, सांसद, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायी, सडक तथा यातायात विज्ञ, चीन, भारत, संयुक्त अधिराज्य, बङ्गलादेशका विज्ञको पनि सहभागिता रहने जनाइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुति रहने तथा सातवटै प्रदेश सरकारका पर्यटकीय निकायको समेत सहभागिता रहने सो कार्यशाला ड्राइभ टुरिज्म र टुरिज्म सेफ्टीसम्बन्धी नेपालकै पहिलो हुने बताइएको छ । रासस
News Desk 0 response बिहिबार, मंसिर १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



