

-
काठमाडौँ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी तुल्याउन यातायात र पर्यटनसम्बन्धी ‘इन्टरनेशनल वर्कसप अन ट्रान्सपोर्ट एन्ड टुरिज्म’ शीर्षकमा अन्तर्राष्ट्रिय कार्यशाला हुने भएको छ ।
चिनियाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटीले नेपाल अटोमोबाइल्स एशोसिएशन (नासा) फाउन्डेशनसँगको सहकार्यमा आगामी मङ्सिर २७ र २८ गते (डिसेम्बर १३ र १४ तारिख) काठमाडौँमा उक्त कार्यशाला आयोजना गर्न लागेको हो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई भव्यरूपमा सफल बनाउन विभिन्न प्रचारात्मक गतिविधि र अभियान सञ्चालन भइरहेको सन्दर्भमा यो कार्यक्रमले भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको जिकिर छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकूद महासङ्घ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ‘ड्राइभ टुरिज्म’, ‘बीआरआइ एण्ड टुरिज्म’, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटिलगायत १२ भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने कार्यक्रमका संयोजक आशीष गजुरेलले जानकारी दिनुभयो ।
कार्यशालामा चिनियाँ सरकारी तथा व्यावसायिक क्षेत्रको प्रस्तुति रहनेछ भने नेपालको सङ्घीय तथा प्रदेश सरकारका उच्च अधिकारी, सांसद, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायी, सडक तथा यातायात विज्ञ, चीन, भारत, संयुक्त अधिराज्य, बङ्गलादेशका विज्ञको पनि सहभागिता रहने जनाइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुति रहने तथा सातवटै प्रदेश सरकारका पर्यटकीय निकायको समेत सहभागिता रहने सो कार्यशाला ड्राइभ टुरिज्म र टुरिज्म सेफ्टीसम्बन्धी नेपालकै पहिलो हुने बताइएको छ । रासस
News Desk 0 response बिहिबार, मंसिर १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



