

-
पोखरा, ११ मङ्सिर (रासस):
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पार्नुभएको छ । नेकपाद्वारा आज आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डो¥याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिनुभयो । नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै उहाँले भन्नुभयो, “नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।” नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख अध्यक्ष दाहालले उहाँलाई विजयी बनाउन आग्रह गर्नुभयो । नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उहाँले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गर्नुभयो । पहिलो पटक राष्ट्रियताको विषयमा मुलुक एकजुट भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्दै झुट बोल्नुभएको र अब नेपाली काँग्रेसले आत्मसमीक्षा गर्नुपर्ने जनाउनुभयो । नेकपा पार्टी र सरकारले राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न लागिएको भन्दै सिमाना विवाद समाधान हुने विश्वास व्यक्त गर्नुभयो । नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सरकार भ्रष्टाचार अन्त्यका लागि परेको बताउनुभयो । नेकपाको सरकारले मुलुकको लिपुलेक, कालापानी र लिम्पीयाधुरालगायत विवादित ठाउँको बारेमा स्पष्ट रुपमा अडान लिएको भन्दै उहाँले काँग्रेसले गलत प्रचार गरेर जनताबीच भ्रम छर्न खोजेको बताउनुभयो । उहाँले नेपालकै इतिहासमै पहिलो प्रधानमन्त्रीको रुपमा ओलीले सिमानाका विषयमा स्पष्ट रुपमा अडान लिनाका साथै भ्रष्टाचार निमूल पार्न र कानूनी राज्य स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
News Desk 0 response बुधबार, मंसिर ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


