

-
मध्यपुर थिमि । उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले १४ गते यहाँ हुने उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भक्तपुरको कमल विनायकमा आयोजना गरिएको चुनावीसभामा आज साँझ समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले जनताले सधैँ नेकपा र काँग्रेसलाई मात्रै नभई वैकल्पिक शक्तिलाई पनि विश्वास गर्नुपर्ने बताउनुभयो । जनताले नेपाल कम्युनिष्ट पार्टी र काँग्रेसको शासन सत्ताको नेतृत्व भोगिसकेको बताउँदै जनताले समाजवादी पार्टीलाई विश्वास गरे देश र जनताको पक्षमा काम गर्ने बताउनुभयो । उपप्रधानमन्त्री यादवले राजनीतिक, साङ्गठनिक र व्यावहारिकरूपमा पनि यो पार्टी वैकल्पिक शक्तिकै रूपमा आएको बताउनुभयो । कार्यक्रममा समाजवादी पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले समाजको विकासको पक्षमा राज्य सत्ता निर्माण गर्न समाजवादी पार्टीले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले काँग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काँग्रेस मात्रै नभई अब नयाँ वैकल्पिक शक्तिका रुपमा आएको समाजवादी पार्टीलाई जनताले विकल्पका रुपमा रोज्नुपर्छ भन्नुभयो । कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, परशुराम खापुङ, केन्द्रिय सदस्य वीरेन्द्र प्रधान, भक्तपुर अध्यक्ष श्याम शिल्पकारले भक्तपुरमा पनि विकल्पका रूपमा समाजवादी पार्टी उदाएको बताउँदै जनताले अब समाजवादी पार्टीलाई विश्वास गर्नुपर्ने बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२