

-
मध्यपुर थिमि । उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले १४ गते यहाँ हुने उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भक्तपुरको कमल विनायकमा आयोजना गरिएको चुनावीसभामा आज साँझ समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले जनताले सधैँ नेकपा र काँग्रेसलाई मात्रै नभई वैकल्पिक शक्तिलाई पनि विश्वास गर्नुपर्ने बताउनुभयो । जनताले नेपाल कम्युनिष्ट पार्टी र काँग्रेसको शासन सत्ताको नेतृत्व भोगिसकेको बताउँदै जनताले समाजवादी पार्टीलाई विश्वास गरे देश र जनताको पक्षमा काम गर्ने बताउनुभयो । उपप्रधानमन्त्री यादवले राजनीतिक, साङ्गठनिक र व्यावहारिकरूपमा पनि यो पार्टी वैकल्पिक शक्तिकै रूपमा आएको बताउनुभयो । कार्यक्रममा समाजवादी पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले समाजको विकासको पक्षमा राज्य सत्ता निर्माण गर्न समाजवादी पार्टीले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले काँग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काँग्रेस मात्रै नभई अब नयाँ वैकल्पिक शक्तिका रुपमा आएको समाजवादी पार्टीलाई जनताले विकल्पका रुपमा रोज्नुपर्छ भन्नुभयो । कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, परशुराम खापुङ, केन्द्रिय सदस्य वीरेन्द्र प्रधान, भक्तपुर अध्यक्ष श्याम शिल्पकारले भक्तपुरमा पनि विकल्पका रूपमा समाजवादी पार्टी उदाएको बताउँदै जनताले अब समाजवादी पार्टीलाई विश्वास गर्नुपर्ने बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



