

-
भोजपुर । यहाँ पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेका वन व्यवस्थापनसँगै आयमूलक बनाउने उद्देश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापन थालनी गर्न लागेको हो । अरुण गाउँपालिकास्थित बञ्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको तथा अन्य तीन वन छनोट प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । तराईका जिल्लामा यस्तो तरिकाले वन व्यवस्थापन भइरहे पनि भोजपुरमा भने पहिलो पटक शुरु गर्न लागिएको डिभिजन वन कार्यालयको भनाइ छ । वनको दिगो व्यवस्थापनसँगै उपभोक्तामा आयआर्जन जोड्नका लागि कार्यक्रम थालनी गरिएको हो । धेरै सामुदायिक वनमा रहेका काठपात जङ्गलमा सडेर गएको अवस्थामा वैज्ञानिक वन व्यवस्थापनबाट वनको संरक्षणसँगै आयआर्जनमा समेत टेवा पुग्ने डिभिजनल वन अधिकृत फणीन्द्र पोखरेलले जानकारी दिनुभयो । पोखरेलले भन्नुभयो, “मैले यहाँका धेरै वनको अनुगमन गरेको छु, यहाँ वनहरुको उचित व्यवस्थापन भएको छैन, हामीले वैज्ञानिक वन व्यवस्थापनमा ग¥यौँ भने यसबाट आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने देखिन्छ ।” वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत जङ्गलमा रहेका पुराना तथा सडेका काठ हटाउने तथा त्यस्ता ठाउँमा नयाँ नर्सरी गर्नेलगायत कार्य हुने उहाँको भनाइ छ । वनको व्यवस्थापनमा रुख मात्र काटेर सखाप पार्ने नभई जङ्गलको वैज्ञानिक तवरबाट संरक्षण पनि पर्छ । “मानिसमा वन व्यवस्थापनका बारेमा त्यति जानकारी छैन । यो पद्धति भनेको जङ्गलका रुख काट्नेभन्दा पनि सडेका, ढलेका कुहिएका तथा बूढा रुखलाई हटाएर साना बिरुवालाई हुर्काउने नै हो”, पोखरेलले भन्नुभयो । सरोकार पक्षले भने यो कार्य रामो भए पनि व्यवस्थापनका नाममा काठ तस्करी पनि बढ्ने भन्दै त्यसतर्फ उपभोक्ता सजग तथा अग्रसर हुनुपर्ने बताएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य सविना राईले सुन्दा सजिलो भए पनि कार्यान्वयनमा समस्या हुनसक्ने बताउनुभयो । राईले भन्नुभयो, “यो राम्रो काम हो तर कार्यविधिअनुसार अगाडि बढ्न सकिएन भने यसले समस्या पनि सिर्जना गर्न सक्छ, यसअघि पनि सामुदायिक वन उपभोक्ताहरुले वनको संरक्षण तथा विकास र विस्तार गरेका छन्, तर अहिले आएर रुख काट्दा उनीहरुमा कस्तो धारणा आउला यसलाई पनि बुझ्न आवश्यक छ । उनीहरुलाई उचित जानकारी दिनुपर्छ ।” जिल्लामा ५०० बढी सामुदायिक वन रहेको भए पनि आयमूलक हुन नसकेको बताइएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ भोजपुरका अध्यक्ष राजन राईले भन्नुभयो, “यो धारणा राम्रो छ, वन भनेको हेरेर बस्नलाई मात्र राख्ने होइन, यसलाई उपभोक्ताको आयआर्जनसँग पनि जोड्नुपर्छ तर व्यवस्थापन भन्दैमा वन सखाप बनाएर ठेकेदारलाई मात्र त लाभ दिनु हुँदैन । कतिपय ठाउँमा रुख सबै काटेर हलोले जोतेर बोटबिरुवाको बीउबिजन लगाएको पनि देखिएको छ, पक्कै पनि यो वैज्ञानिक वन व्यवस्थापन होइन होला, त्यसैले यसलाई प्रभावकारी बनाउन हामी सबै जिम्मेवार हुन आवश्यक छ ।” रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१