

-
दाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताउनुभएको छ । रिपोर्टस क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिलेको वर्तमान सत्तावादीहरु एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएका छन् ।” द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली काँग्रेसले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले भन्नुभयो, “हामीले ठूलो लडाइँ लेडर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ तर अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको छ ।” वर्तमान सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको उहाँको भनाइ थियो । नेता पौडेलले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली काँग्रेस देशभरि चुनावी अभियानमा जुटेको भन्दै जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकारले कुनै पनि राम्रो काम गर्न सकेन तर काँग्रेसले शुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गरिरहेको छ ।” उहाँले वर्तमान सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको पनि बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले उपनिर्वाचनपछि अहिलेको सरकारले गरेको ज्यादतीको पर्दाफास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तिहाईको सरकारले गरेको ज्यादती र भ्रष्टाचारको पर्दाफास उपनिर्वाचनपछि हुनेछ ।” रासस
News Desk 0 response सोमवार, मंसिर ९, २०७६


सम्बन्धित शीर्षकहरु
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९