

-
काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिकोे छानविन आयोगको पदाधिकारी सिफारिस समिति समितिमा दुुई निवेदन परेको छ । सिफारिस समितिको आज बसेको बैठकले दुवै आयोगका पदाधिकारीका लागि मङ्सिर २ गते सार्वजनिक गरेको नामका बारेमा कुनै प्रतिक्रिया भएमा पाँच दिन उजुरीका लागि आह्वान गरिएको थियो । पदाधिकारीलाई नै केन्द्रित गरेर भने कुनै पनि उजुरी परेको देखिएन । सिफारिस समितिका सदस्य शर्मिला कार्कीका अनुसार एउटा निवेदन आफ्नो उजुरी फिर्ता पाउँ भन्ने विषयमा र अर्को निवेदन २५÷२६ जनाले सामूहिकरुपमा नयाँ पदाधिकारी छान्ने प्रक्रियाको विरुद्धमा परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा हुन चाहनेमा कमलनारायण दास र मधुप्रसाद रेग्मी हुनुहुन्छ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिकोे छानविन आयोग गरी दुवै आयोगको अध्यक्ष हुन चाहनेमा युवराज सुवेदी रहनुभएको छ । दुवै आयोगका अध्यक्ष तथा सदस्य बन्न इच्छुकमा १० जनाको नाम रहेको छ । पदाधिकारीका लागि इच्छुक ६१ जनाको नाम समितिले सार्वजनिक गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । पदाधिकारीको छनौटमा भने ढिलाइ भइरहेको छ । सार्वजनिक भएका पदाधिकारीमा अधिकांश पुरानै नामप्रति द्वन्द्वपीडितले आपत्ति जनाएका छन् भने पुरानै पदाधिकारीबाट न्याय पाउनेमा आशावादी नभएको उनीहरुले बताउँदै आएका छन् । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको र पीडितले न्याय पाउनेमा आशावादी हुन नसकेको बताउनुभयो । पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिलाई अझै केही दिन लाग्ने देखिन्छ । सिफारिस समितिका सदस्य कार्की परेका निवेदन अध्ययन गर्न केही दिन लाग्ने बताउनुहुन्छ । रासस
News Desk 0 response आइतवार, मंसिर ८, २०७६


सम्बन्धित शीर्षकहरु
-
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९
-
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९