

-
काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिकोे छानविन आयोगको पदाधिकारी सिफारिस समिति समितिमा दुुई निवेदन परेको छ । सिफारिस समितिको आज बसेको बैठकले दुवै आयोगका पदाधिकारीका लागि मङ्सिर २ गते सार्वजनिक गरेको नामका बारेमा कुनै प्रतिक्रिया भएमा पाँच दिन उजुरीका लागि आह्वान गरिएको थियो । पदाधिकारीलाई नै केन्द्रित गरेर भने कुनै पनि उजुरी परेको देखिएन । सिफारिस समितिका सदस्य शर्मिला कार्कीका अनुसार एउटा निवेदन आफ्नो उजुरी फिर्ता पाउँ भन्ने विषयमा र अर्को निवेदन २५÷२६ जनाले सामूहिकरुपमा नयाँ पदाधिकारी छान्ने प्रक्रियाको विरुद्धमा परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा हुन चाहनेमा कमलनारायण दास र मधुप्रसाद रेग्मी हुनुहुन्छ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिकोे छानविन आयोग गरी दुवै आयोगको अध्यक्ष हुन चाहनेमा युवराज सुवेदी रहनुभएको छ । दुवै आयोगका अध्यक्ष तथा सदस्य बन्न इच्छुकमा १० जनाको नाम रहेको छ । पदाधिकारीका लागि इच्छुक ६१ जनाको नाम समितिले सार्वजनिक गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । पदाधिकारीको छनौटमा भने ढिलाइ भइरहेको छ । सार्वजनिक भएका पदाधिकारीमा अधिकांश पुरानै नामप्रति द्वन्द्वपीडितले आपत्ति जनाएका छन् भने पुरानै पदाधिकारीबाट न्याय पाउनेमा आशावादी नभएको उनीहरुले बताउँदै आएका छन् । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको र पीडितले न्याय पाउनेमा आशावादी हुन नसकेको बताउनुभयो । पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिलाई अझै केही दिन लाग्ने देखिन्छ । सिफारिस समितिका सदस्य कार्की परेका निवेदन अध्ययन गर्न केही दिन लाग्ने बताउनुहुन्छ । रासस
News Desk 0 response आइतवार, मंसिर ८, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



