

-
काठमाडौँ । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए । यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो । भक्तजनको गुनासोलाई ध्यान दिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा बत्ती बाल्न आउने भक्तजनसँग शुल्क नलिन सम्बन्धित सबैलाई निर्देशन दिइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । कुनै संस्थाले भक्तजनसँग शुल्क लिएको पाइएमा कारवाही गरिने उहाँले बताउनुभयो । भक्तजनको सुविधाका लागि नेपाली सेनालगायत सुरक्षा निकाय एवं विभिन्न संस्थासँग पाल लिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा पाल हालिएको छ । भक्तजनलाई चिसोका कारण समस्या नहोस् र बत्ती बाल्न पनि सहज भन्ने उद्देश्यले अधिकतम् पालको व्यवस्था गर्न लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले सुनाउनुभयो । बाला चतुर्दशी पर्वका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको कोषले जनाएको छ । बेलुकीको समयमा महिला भक्तजनको सुरक्षामा विशेष ध्यान दिन लागिएको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त संयन्त्रले काम गर्ने कोषले जनाएको छ । यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि सादा पोसाकमा खटिनेछन् । यस वर्ष मङ्सिर ८ गते आइतबार बेलुकी वैदिक सनातन हिन्दू धर्मावलम्बीले दिवङ्गत पितृका नाममा बत्ती बाल्छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्ने शास्त्रीय विधि छ । चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व सम्पन्न हुन्छ । यस अवसरमा भक्तजनले पशुपतिलगायत देशभरका शिवालयमा बत्ती बाली चतुर्दशीका दिन बिहान शत्बीज छर्छन् । रासस
News Desk 0 response शनिबार, मंसिर ७, २०७६


सम्बन्धित शीर्षकहरु
-
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८० -
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८०
-
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८० -
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०