

-
दमौली । तनहुँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने दुई सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ६० योजना छनोट गर्नुभएको छ । तनहँु निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु छ÷छ करोडको बजेटका लागि क्रमशः २७ र ३३ योजना छनोट गर्नुभएको हो । तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिकाको १२ वडा, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका पर्दछ । क्षेत्र नं २ मा व्यास नगरपालिकाको दुई वडा, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका पर्दछ । छनोट गरिएका योजनामध्ये सबैभन्दा बढी रकम सडक र भवन निर्माणलाई विनियोजन गरिएको छ । क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिकाको आठ योजनामा रु एक करोड ६५ लाख, भानु नगरपालिकाको छ योजनामा रु एक करोड ६४ लाख ६० हजार, बन्दीपुर गाउँपालिकाको चार योजनामा रु ८५ लाख, आँबुखैरेनी गाउँपालिकाको चार योजनामा रु ९५ लाख र देवघाट गाउँपालिकाको पाँच योजनामा रु ८५ लाख बजेट विनियोजन गरिएको सांसद श्रेष्ठले जानकारी दिनुभयो । व्यास नगरपालिकाअन्तर्गत पराशर मोटरमार्गका लागि रु ५० लाख, कालिका मोटरमार्गका लागि रु ५० लाख, दमौली मुस्लिम समाज भवन निर्माणका लागि रु १५ लाख, राधेराधे अधुरो भवन निर्माणका लागि रु १० लाख, आदिवासी जनजाति अधुरो भवन निर्माणका लागि रु १० लाख, क्षेत्री समाज अधुरो भवन निर्माणका लागि रु १० लाख, बोटेटार खानेपानी आयोजनाका लागि रु १० लाख, बिपी विचार समाज अधुरो भवन निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । भानु नगरपालिकाअन्तर्गत भिसी शेरबहादुर मोटरमार्ग कालोपत्रका लागि रु एक करोड विनियोजन गरिएको छ । बन्दीपुर गाउँपालिकाअन्तर्गत वडा नं २ र ३ जोड्ने वडा कार्यालय पक्की सडक निर्माणका लागि रु ५० लाख, डाप्रे बिरुवा मोटरमार्ग स्तरोन्नतिका लागि रु १० लाख, विमलनगर मरनघाट मोटरमार्गका लागि रु १५ लाख र खड्कदेवी मन्दिर तामाको पाता छानो निर्माणका लागि रु १० लाख विनियोजन भएको छ । आँबुखैरेनी गाउँपालिकाअन्तर्गत रामशाह मरनघाट निर्माणका लागि रु ५० लाख, बौद्ध गुम्बा समाज भवन निर्माणका लागि रु १५ लाख, मार्कीचोक नयाँगाउँ डुम्रीखर्क मोटरमार्गका लागि रु २० लाख, जयडाँडा दुम्सीढुडा ब्रालुङबेँसी मोटरमार्गका लागि रु १० लाख विनियोजन गरिएको छ भने देवघाट गाउँपालिकाअन्तर्गत देवघाट साउने कर्ताप मोटरमार्गका लागि रु ४० लाख विनियोजन गरिएको छ । तनहुँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत व्यास नगरपालिकाको चार योजनामा रु ४० लाख, शुक्लागण्डकी नगरपालिकाको सात योजनामा रु एक करोड २० लाख, भीमाद नगरपालिकाको छ योजनामा रु एक करोड ३० लाख, ऋषिङ गाउँपालिकाको पाँच योजनामा रु ९० लाख ६० हजार, घिरिङ गाउँपालिकाको पाँच योजनामा रु ९० लाख र म्याग्दे गाउँपालिकाको छ योजनामा रु एक करोड २४ लाख विनियोजन भएको सांसद सिग्देलले जानकारी दिनुभयो । जसअनुसार व्यास नगरपालिका–६ स्थित इन्दु मावि पर्खाल निर्माणका लागि रु १० लाख, शिशाघाट फुटबल मैदान निर्माणका लागि रु १० लाख, व्यास नगरपालिका–५ स्थित पतेनीटार खानेपानी सुविधा विस्तारका लागि रु १० लाख र शुक्र आधारभूत विद्यालय पर्खाल निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । शुक्लागण्डकी नगरपालिकाअन्तर्गत मनकौरी मोटरमार्ग नाला निर्माणसहित स्तरोन्नतिका लागि रु ५० लाख, थप्रेक भ्यूटावर निर्माणका लागि रु १५ लाख, आधारभूत मावि कम्पाउण्ड निर्माणका लागि रु १५ लाख, तीनखोलेदेवी मोटरमार्ग नयाँ ट्र्याक निर्माणका लागि रु १० लाख विनियोजन भएको छ । भीमाद नगरपालिकाअन्तर्गत किहुँ मोटरमार्ग कालोपत्रका लागि रु ८० लाख विनियोजन भएको छ । घिरिङ गाउँपालिकाअन्तर्गत घुमाउने ताल संरचना निर्माणका लागि रु ५० लाख, पशुपति मोटरमार्ग स्तरवृद्धिका लागि रु १० लाख, गोसाइँकुण्ड–वनडाँडा मोटरमार्ग विस्तार तथा स्तरवृद्धिका लागि रु १० लाख, करुवाटार सिचाइँ योजना सञ्चालनका लागि रु १० लाख र पुत्गाउँ खानेपानी योजना सुविधा विस्तारका लागि रु १० लाख विनियोजन भएको छ । म्याग्दे गाउँपालिकाअन्तर्गत बडहरे–काफ्लेचोक–पाटेचौर–भैँसीखर्क सिंहाले रानीटारी हुँदै सिन्धुमार्ग जोड्ने सडक कालोपत्र तथा स्तरोन्नतिका लागि रु ७० लाख, छविसे राहुलडाँडा मनिस्वाँरा हुँदै बरभञ्ज्याङ मार्ग विस्तार तथा स्तरोन्नतिका लागि रु १४ लाख विनियोजन भएको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर ६, २०७६


सम्बन्धित शीर्षकहरु
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०