

-
काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् । छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठीन भएको प्रमुख डम्मरबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा तीनै कार्ड पल्टाएर खोज्नुपर्नै अवस्था छ । दुई वर्ष वा त्योभन्दा पहिले छापिएका कार्डसमेत कार्यालयमा त्यसै थन्किएको छ । उहाँले भन्नुभयो, “हामीले विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि सेवाग्राही लिन आइरहेका छैनन् ।” कार्यालयमा एकाथरी सेवाग्राही कार्ड नछापिएको भन्दै गुनासो गर्न आइपुग्ने गरेका छन् । उनीहरु दैनिक ‘मेरो कार्ड छापियो कि छैन’ भन्दै आउने गरेका छन् भने कार्ड छापिसकेका सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन हुने गरेको चन्दको भनाइ छ । देशभरमा झण्डै साढे सात लाख चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी सङ्ख्यामा चालक अनुमतिपत्र वितरण गर्न बाँकी यही कार्यालयको रहेको छ । कार्यालयले विभागले छापिसकेको कार्ड दैनिक ल्याएर सकेसम्म चाँडो वितरण गर्दै आएको कार्यालयले जनाएको छ । उहाँले भन्नुभयो, “उताबाट छाप्नै बाँकी कार्ड किन नछापेको भन्दै सेवाग्राही हामीसँग रिसाउने गरेका छन् ।” संविधानका अनुसार यातायातको व्यवस्थानको जिम्मेवारी प्रदेश सरकारको हो । प्रदेश सरकार आफैँले ‘प्रिन्टर’ खरीद गरेर छपाइ गर्न शुरु नगरेकाले अहिलेसम्म विभागले नै देशभरका प्रदेश कार्यालयको चालक अनुमतिपत्र छाप्दै आएको छ । रासस
News Desk 0 response बिहिबार, मंसिर ५, २०७६

सम्बन्धित शीर्षकहरु
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको संकेत, विपक्षीद्वारा अस्वीकार
बुधबार, कार्तिक २७, २०८२-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



