

-
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज बिहान पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई शपथ गराउनुभएको हो । सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । शपथ लिनेमा उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हुनुहुन्थ्यो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको थियो । विसं २०७४ फागुन ३ गते गठन भएको ओली नेतृत्वको मन्त्रिपरिषद्मा यसअघि पनि विभिन्न समयमा नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।रासस
News Desk 0 response बिहिबार, मंसिर ५, २०७६

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता
शुक्रबार, जेष्ठ २९, २०८३
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



