

-
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नेतृत्वको न्यायपरिषद् तीनै तहका अदालतमा खाली न्यायाधीश नियुक्तिको अन्तिम तयारीमा जुटेको छ ।
News Desk 0 response बुधबार, मंसिर ४, २०७६
हालै बर्खास्त उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही तथा दसैंअघि नै त्यहीँका न्यायाधीश जीवनहरि अधिकारीको राजीनामासँगै उच्चमा १५ पद खाली छ । जिल्लातर्फ करिब एक दर्जन र सर्वाेच्च अदालतमा एक पद रिक्त छन् ।
सर्वाेच्चमा केदारप्रसाद चालिसेले बुधबारबाट बिदाइ थापेपछि एक पद खाली हुँदै छ । चालिसेले बेञ्च नपाएको एक महिना बितिसकेको छ ।
संविधानमा पद रिक्त हुनुभन्दा एक महिनाअघि नै न्यायपरिषद्ले सिफारिस गर्न सक्ने प्रावधान अघिल्ला नियुक्तिबाटै चलाइसकेको छ ।
कानुनमन्त्री भानुभक्त ढकाल अमेरिकाबाट सोमबार फर्किएलगत्तै नियुक्तिका लागि परिषद्ले अन्तिम तयारी गरिरहेको छ । सत्तापक्षीय पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन र विपक्षी कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले समेत सिफारिस न्यायपरिषद् सदस्यलाई पठाइसकेको बताइएको छ ।
सर्वाेच्चको एक पदमा भने सत्तारुढ नेकपानिकट अधिवक्ता दिनमणि पोखरेललाई लाने अन्तिम तयारी रहेको र सँगै सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौला र उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको समेत कडा टक्कर रहेको न्यायवृत्तमा चर्चा छ ।
पोखरेलले नियुक्ति पाएमा निरौला र सुवेदी दुवै प्रधानन्यायाधीशको लाइनबाट काटिनेछन् भने पोखरेलले भावी प्रधानन्यायाधीशको लाइनमा बसेका हरि फुँँयाललाई पछ्याउनेछन् ।
अदालतमा कार्यबोझ थपिएको जनाउँदै तीनै तहका अदालतमा दरबन्दी थप्न माग गरिसकेको न्यायपरिषद्ले मन्त्रिपरिषद्बाट दरबन्दी नथपिँदै पदपूर्ति गर्दै जाने रणनीति अपनाएको स्रोतको दाबी छ ।


सम्बन्धित शीर्षकहरु
-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा..
सोमवार, असार ३०, २०८२ -
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२
-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा..
सोमवार, असार ३०, २०८२ -
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२