

-
काठमाण्डाै । नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड १२ लाख तथा आयकरतर्फ रु आठ करोड सात लाख गरी कूल रु ११ करोड १९ लाख ८४ हजार बिगो बराबरको राजस्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । बङ्शलले काठमाडौँमा सञ्चालन गरेको हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरीद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको सो अनुसन्धानमा देखिएको हो । छली गरेको रकमबाट उनले नेपालीको नाममा विभिन्न भौतिक सम्पत्ति जोडेको फेला परेको छ । उक्त घटनामा सहयोगी बनेका दुवै कम्पनीका सञ्चालक रामसुन्दर राय र राकेश पाण्डेयसहित ११ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा यही कात्तिक २५ गते मुद्दा दर्ता गरिएको छ । अन्य आठ जना नेपालीे उनको सम्पत्ति आफ्नो नाममा राखिदिएकाले मतियारका रुपमा मुछिएका हुन् । “बङ्शलले रु ११ करोड १९ लाख ८४ हजार १६४ बिगो बराबरको आर्थिक अपराध गरेको भेटियो, बिगो असुल उपर गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग गर्दै मुद्दा चलाएका छौँ”, महानिर्देशक मैनालीले रासससँग भन्नुभयो । उनले दुई वटा गाडी, एउटा घर तथा सर्जिकल सामग्री बिक्री गर्ने फम नेपालीको नाममा राखेर राजस्व छली गरेका हुन् । उहाँले यस्तो घटना विभागका लागि पहिलो भएको बताउनुभयो । “आर्थिक अपराधविरुद्ध विभागले सूक्ष्म निगरानी गरिरहेको छ, यो घटना त्यसैको उपलब्धि हो, यस्ता झण्डै ६० वटा फर्म अहिले पनि अनुसन्धानको दायरामा छ”, मैनालीले थप्नुभयो । बङ्शलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको देखिएकाले विभागले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरिएको छ । विभागले झुठो बिल जारी गरी ११ अर्बभन्दा बढी बिगो बराबरको राजस्व चुहावट गरी आर्थिक अपराध गरेको आरोप लागेका ४३१ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । उनीहरुमध्ये आठ जना भन्सार कर्मचारीसमेत छन् । राजस्व अनुसन्धान विभागले उनीहरुमाथि बिगो असुल गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग दाबीसहित विभिन्न मुद्दा चलाएको छ । बङ्शल जस्ता केही विदेशी नागरिक पनि राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा मुछिएका छन् । यसरी पत्ता लाग्यो राजस्व छली आठ वर्षअघि सर्जिकल सामानको व्यापारका लागि बङ्शल नेपाल छिरेका थिए । गोरखा वेलफेयरमार्फत इसिजी पेपरको बिक्री व्यवसाय पनि गर्दथे । उनले आपूर्ति बढी मूल्यमा गर्ने तर नक्कली बिलबाट न्यून खरीद (कम सामान आपूर्ति गरेको) देखाएर हिसाब मिलान गरी राजस्व छली गर्दै आएका थिए । आठ वर्षअघि व्यवसाय थाले पनि विभागले उनीविरुद्ध भने २०७५ साल माघदेखि मात्रै अनुसन्धान थालेको थियो । शुरुमा विभागले हस्पी केयर इन्टरनेशनललगायत फमका आर्थिक गतिविधि शङ्कास्पद लागेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा हस्पी केयरसँगै श्याम ट्रडर्स पनि झुठो बिलबीजक बनाएर कर छलीमा तानियो । दुवै कम्पनी बङ्शलकै लगानीमा नेपालीको नाममा दर्ता गरेको भेटियो । गतिविधि थप शङ्कास्पद देखियो । झण्डै चार महिनाअघि अनुसन्धान नसकिँदै आफू पक्राउपर्ने देखेपछि उनी नेपालबाट भाग्न सफल भएको विभागले जनाएको छ । “जब हामीले उसको घर पत्ता लगाएर छापा मार्न गयौँ, ऊ केही घण्टाअघि नै निस्किएको रहेछ”, विभागका एक अनुसन्धान अधिकृतले भन्नुभयो । साथीकी श्रीमतीको नाममा घर अनुसन्धानमा बङ्शलले सर्जिकल सामानको कारोवार गर्ने नेपाली साथीकी श्रीमतीको नाममा कोहिनुर हिल हाउजिङमा घर किनेको पत्ता लाग्यो । त्यसैगरी दुई वटा गाडी पनि नेपालीकै नाममा खरीद गरेर प्रयोग गर्दै आएका थिए तर गाडी पत्ता लगाउन विभागलाई ठूलो सकश भयो । खोज्दै जाँदा गाडी वल्ड ट्रेड सेन्टरभित्र लुकाएर राखेको अवस्थामा फेला परेको थियो । विभागले अहिले दुई गाडी, एउटा घर नेपालीको नाममा खरीद गरेको फेला पारेको छ । उसको तीन वटा सर्जिकल गोदाम सिल गरिएको छ । केही सामान स्थानान्तरण गरेको फेला परेको छ । बङ्शल फरार रहेकाले विभागले अहिले रु चार करोड ८८ लाखको सामान लिलाम बिक्री गरी विभागको धरौटी खातामा जम्मा गरेको छ । केही ठाउँबाट आउने रु ४० लाख भुक्तानीसमेत रोक्का गरिएको छ । उसले नेपाली नागरिकतासमेत नक्कली बनाएको भेटिएको विभागले जनाएको छ । विभागले यस्ता ६० भन्दा बढी फमको अनुसन्धान गरिरहेको जनाएको छ । रासस
News Desk 0 response बिहिबार, कार्तिक २८, २०७६

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता
शुक्रबार, जेष्ठ २९, २०८३
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



