
-
काठमाण्डाै । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यलाई पूर्णता दिन र प्रजनन अधिकारमा समर्थन जनाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ । उहाँले महिला र बालबालिकामाथिको हिंसा नियन्त्रण, बाल विवाह तथा जबरर्जस्ती विवाह र मातृ मृत्युदर अन्त्यका लागि सहयोग गर्नसमेत अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय साझेदार निकायलाई आग्रह गर्नुभयो । जनसङ्ख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९आइसिपिडी०को २५औँ वार्षिकोत्सवका अवसरमा नैरोबीमा आयोजित “नैरोबी शिखर सम्मेलन” लाई बुधबार सम्बोधन गर्दै मन्त्री थापाले किशोर–किशोरी मैत्री सेवा, यौनिक शिक्षा विस्तार, युवावर्गलाई आफ्नो प्रजनन अधिकारको पूर्ण उपयोग सुनिश्चित गराउन र तिनको स्वास्थ्य र समृद्धिका लागि नेपाल सरकारले प्राथमिकता दिएको बताउनुभएको उक्त मन्त्रालयले जनाएको छ । केन्या र डेनमार्क सरकार तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए० द्वारा नैरोबीमा आयोजित सो सम्मेलन यही कात्तिक २६ देखि २८ गतेसम्म सञ्चालन भइरहको छ । सो सम्मेलनमा भाग लिन मन्त्री थापाको नेतृत्वमा यही कात्तिक २४ गते सरकारी प्रतिनिधिमण्डल नैरोबीतर्फ प्रस्थान गरेको थियो । “नेपालले आइसिपिडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको छ महिला अधिकार तथा दिगो विकास र प्रजनन अधिकारमा केन्द्रितजस्ता आइसिपिडीका भावनालाई महत्वका साथ अघि बढाएका छ”,मन्त्री थापाले भन्नुभयो । उहाँले सन् २०३० सम्ममा दिगो विकासका लक्षय हासिल गर्न आइसिपिडीको कार्ययोजनालाई उच्च गतिका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । रासस
News Desk 0 response बिहिबार, कार्तिक २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९