

-
जिल्लाका सात स्थानीय तहमा विद्युत् र सञ्चारको वर्षौंदेखि समस्या हुँदै आएको छ । यहाँका जोरायल, बडीकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आदर्श र केआइसिंह गाउँपालिकामा गतिलो विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ । स्थानीय तह गठन भएको दुई वर्ष बितिसक्दासमेत यहाँका सात स्थानीयतहमा अहिलेसम्म विद्युत् र सञ्चारको समस्या समाधान हुन नसकेको सायल गाउँपालिकाका बासिन्दा सिद्धराज जोशीले बताउनुभयो । विद्युत् र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै अध्याँरोको समस्या भोग्न बाध्य भएका छन् । यहाँका सातवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा नहुँदासमेत त्यसको समाधानका लागि कसैले पनि पहल नचालेको स्थानीयको गुनासो छ । जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने शिखर नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिएको स्थानीय डिलबहादुर महराले बताउनुभयो । त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–६ मा नेपाल टेलिकमले निर्माण गरेको जिएसएम टावरले राम्रोसँग काम नगरेका कारण त्यहाँका वडा नं ५ र ६ का बासिन्दा सञ्चार सम्पर्कबाट टाढा भएका स्थानीय ललित विष्टले बताउनुभयो । भरपर्दो टेलिफोन सुविधा नहुँदा ती वडाका नागरिकले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएका छन् । जिल्लाकै सायल गाउँपालिकामा बनेको सायली गाड जलविद्युत् योजना पटकपटक अवरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेका स्थानीय धु्रवबहादुर सिंहले बताउनुभयो । पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युत्को जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उहाँले बताउनुभयो । त्यस्तै यहाँका स्थानीयतहमा विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयतहबाट प्रप्त हुने सेवा सुविधा लिनसमेत समस्या हुँदै आएको बडीकेदार गाउँपालिका–१ का चक्रबहादुर मेटेलीले बताउनुभयो । सञ्चार र विद्युत् नभएका कारण यहाँका अधिकांश स्थानीयतहले आफूले गरेका काम कारवाही आफ्नो वेबसाइडमा समेत राख्न सकेका छैनन् । गाउँपालिका महासङ्घ सुदूरपश्चिमका अध्यक्ष दुर्गादत्त ओझाले डोटीका सबै स्थानीय तहमा भरपर्दो सञ्चार सुविधा जडानका लागि आवश्यक पहल भइरहेको बताउनुभयो । यहाँका स्थानीयतहमा भरपर्दो सञ्चार सुविधा तथा विद्युत् नपुगेका कारण बैंकिङ कारोवार गर्ने वित्तीय सङ्घ संस्था अहिलेसम्म स्थानीयतहमा जान सकेका छैनन् । केही वित्तीय सङ्घ संस्था गाउँमा गए पनि विद्युत् र सञ्चार नहुँदा उनीहरुको आर्थिक कारोवार जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट नै हुने गरेको छ ।रासस
News Desk 0 response बुधबार, कार्तिक २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



