

-
काठमाण्डाै । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अपरेसन कमाण्ड तथा नेतृत्व विकास तालीम समापन’ कार्यक्रममा उहाँले देशलाई कमजोर बनाउने तत्वलाई जरैदेखि फालेमात्र देश विकास हुने बताउनुभयो । “सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, लागुऔषध, मानव बेचबिखन र साइबर अपराधजस्ता गतिविधि देशलाई कमजोर बनाउने तत्व हुन्, यिनलाई निस्तेज बनाउनु जरुरी छ”, उहाँले भन्नुभयो । राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यावसायिक ‘इन्टेलिजेन्स’ संस्थामा रूपान्तरण गर्न तालीमले सहयोग पुग्ने उहाँको भनाइ छ । गृहमन्त्री थापाले प्रशिक्षणले प्रशिक्षार्थीको विभिन्न ज्ञानको दायरालाई बढाउनुका साथै शारीरिक र मानसिकरूपमा सबल र स्वस्थ भई आत्मविश्वासमा वृद्धि गर्ने बताउनुभयो । उहाँले गृहमन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्ययोजना, २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्नका निमित्त सबै सुरक्षा निकायको कार्यक्षमतामा अभिवृद्धि हुन जरुरी रहेको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना सङ्कलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन महत्वपूर्ण जिम्मेवारी बहन गर्न अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप राष्ट्रिय सुरक्षा र प्रभावकारी सेवा प्रवाहको लागि महत्वपूर्ण हुने बताउनुभयो । महानिरीक्षक खनालले राष्ट्रिय सुरक्षासम्बन्धी देखिएका चुनौतीको सामना गर्न अनुसन्धान अधिकृतमा सुरक्षा चुनौतीको मूल्याङ्कन गर्ने, सुरक्षा रणनीतिक एवं योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्नसक्ने क्षमता हुन अपरिहार्य रहेको बताउनुभयो । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले यस्ता प्रशिक्षणले सुरक्षा निकायबीचको ऐक्यबद्धता र सामूहिक भावनाको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । पैँतालीस दिने तालीममा २० अनुसन्धान निर्देशकको सहभागिता रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, कार्तिक २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



