

-
काठमाण्डाै । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अपरेसन कमाण्ड तथा नेतृत्व विकास तालीम समापन’ कार्यक्रममा उहाँले देशलाई कमजोर बनाउने तत्वलाई जरैदेखि फालेमात्र देश विकास हुने बताउनुभयो । “सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, लागुऔषध, मानव बेचबिखन र साइबर अपराधजस्ता गतिविधि देशलाई कमजोर बनाउने तत्व हुन्, यिनलाई निस्तेज बनाउनु जरुरी छ”, उहाँले भन्नुभयो । राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यावसायिक ‘इन्टेलिजेन्स’ संस्थामा रूपान्तरण गर्न तालीमले सहयोग पुग्ने उहाँको भनाइ छ । गृहमन्त्री थापाले प्रशिक्षणले प्रशिक्षार्थीको विभिन्न ज्ञानको दायरालाई बढाउनुका साथै शारीरिक र मानसिकरूपमा सबल र स्वस्थ भई आत्मविश्वासमा वृद्धि गर्ने बताउनुभयो । उहाँले गृहमन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्ययोजना, २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्नका निमित्त सबै सुरक्षा निकायको कार्यक्षमतामा अभिवृद्धि हुन जरुरी रहेको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना सङ्कलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन महत्वपूर्ण जिम्मेवारी बहन गर्न अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप राष्ट्रिय सुरक्षा र प्रभावकारी सेवा प्रवाहको लागि महत्वपूर्ण हुने बताउनुभयो । महानिरीक्षक खनालले राष्ट्रिय सुरक्षासम्बन्धी देखिएका चुनौतीको सामना गर्न अनुसन्धान अधिकृतमा सुरक्षा चुनौतीको मूल्याङ्कन गर्ने, सुरक्षा रणनीतिक एवं योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्नसक्ने क्षमता हुन अपरिहार्य रहेको बताउनुभयो । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले यस्ता प्रशिक्षणले सुरक्षा निकायबीचको ऐक्यबद्धता र सामूहिक भावनाको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । पैँतालीस दिने तालीममा २० अनुसन्धान निर्देशकको सहभागिता रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, कार्तिक २७, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९