

-
काठमाण्डाै । नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ‘होल्ड ब्यागेज’ जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको बिस्कुट आकारमा १४ वटा टुक्रा चाँदी फेला पारिएको जानकारी दिनुभयो । प्रवक्ता ज्ञवालीले अवैध रुपमा भन्सार छलेर चाँदी विदेश लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका भुटानी नागरिकलाई बरामद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, कार्तिक २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



