

-
चितवन ।मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट प्रहरीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित लागुऔषध ट्रमासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका २९ वर्षीय दीपक सिंह मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा देखिएकाले सुरक्षा जाँच गर्दा मोक्तानको साथबाट प्रहरीले ५२ प्याकेटमा रहेका १५ हजार ६०० ट्याब्लेट प्रतिबन्धित लागुऔषध ट्रमा बरामद गरिएको जनाएको छ । आवश्यक कानुनी कारवाहीका लागि बरामद भएका लागुऔषधसहित मोक्तानलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । जबर्जस्ती करणीको आरोपमा प्रजा पक्राउ चौध वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ का २० वर्षीय दिपेश भन्ने अनिश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता कुर्मीले बताउनुभयो । पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । यसअघि प्रहरीले आठ वर्षीया बालिकालाई बलात्कृत गरेको अभियोगमा पनि उनलाई पक्राउ गरेको थियो ।रासस
News Desk 0 response मङ्लबार, कार्तिक २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२