

-
चितवन ।आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयंसेवक नियुक्त गरिनेछ । चितवनमा भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । राजनीतिक दलहरुले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेका छन् । उपनिर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नम्बर ५ मा दुई हजार १११ मतदाता रहेका छन् । जिल्लाको निर्वाचन हेर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हेमन्त रावल खटिनुभएको छ । सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । रासस
News Desk 0 response सोमवार, कार्तिक २५, २०७६


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९