

-
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो । घेराउपछि आयोजित कोणसभामा अखिलका संयोजक ऐन महरले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह गर्नुभयो भने सहसंयोजक रञ्जीत तामाङले भारतले सार्वजनिक गरेको नक्सा मान्य नभएकाले सच्याउन माग गर्नुभयो । अमृत क्याम्पसबाट नारा जुलुस गर्दै गएको जुलुस लैनचौरस्थित दूतावास अगाडि पुगेर धर्ना दिएको थियो । विद्यार्थी नेता सुदेश पराजुलीले आइतबार नेपालको भूमि फिर्ता गराउन परराष्ट्रमन्त्रीलाई कूटनीतिक तवरबाट पहल गर्न दवाव दिने र सोमबार संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइने जानकारी दिनुभयो । यसअघि नेपाल विद्यार्थी सङ्घलगायत विद्यार्थी सङ्गठनले नेपाली भूमि मिचिएको र नयाँ नक्सा आफूहरुलाई अमान्य भएको भन्दै विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीस्तरमै छलफल गर्न आग्रह कालापानी, लिपुलेकलगायत नेपाली भू–भागलाई भारतीय क्षेत्रका रुपमा चित्रण गरी भारतले हालै प्रकाशन गरेको भनिएको नयाँ नक्साप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । छ दशकदेखि नेपालको कालापानी भूमिमाथि अतिक्रमण भएको भन्दै उक्त समाजले त्यसलाई सच्याउन माग गर्दै पुनः पुरानै गल्ती दोहो¥याएर त्यस्तो नक्सा प्रकाशन गरेकामा आपत्ति जनाएको हो । “भारतको यस्तो गल्तीले नेपाल–भारतबीच विद्यमान सौहार्द्रपूर्ण, सुमधुर एवं नागरिकस्तरमा समेत घनिष्ठ र सद्भावयुक्त सम्बन्धमा आँच पुग्ने देखिन्छ, तसर्थ उक्त गल्ती शीघ्र सच्याउँदै नेपाली भू–भाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई आग्रह गर्दछ”, समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यसैगरी नेपाली भू–भागको संवेदनशील विषयमा नेपाल सरकार दृढताका साथ प्रस्तुत भई यस विषयमा भारतसँग तत्काल प्रधानमन्त्रीस्तरमै छलफलका लागि प्रक्रिया अघि बढाउन पनि उक्त समाजले आग्रह गरेको छ ।रासस
News Desk 0 response शुक्रबार, कार्तिक २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९