

-
तेहरान । इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते तेहरान, २२ कात्तिक (रासस-सिन्ह्वा) ः इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् । सन् १९९० मा इरानमा आएको ७.४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए । हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् । सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो ।रासस
News Desk 0 response शुक्रबार, कार्तिक २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



