

-
काठमाण्डाै । सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिएको जानकारी गराउनुभयो । परिषद्ले उद्योग, राजनीति, कृषि, वैदेशिक रोजगारबाट फर्किएका युवा, गैरसरकारी संस्था, वैज्ञानिक, उद्यमीलगायत क्षेत्रमा काम गर्ने युवासँग छलफल गरेर उनीहरुका समस्या पहिचान गर्नेछ । “विभिन्न क्षेत्रमा आएका युवाका समस्यालाई एकै मञ्चमा सिधै प्रधानमन्त्रीसँग राखिने छ”, उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो, “प्रधानमन्त्रीले समेत उक्त मञ्चबाट युवाका समस्यालाई सम्बोधन गर्नुहुने छ ।” परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवा नीति सुधारमा सिधै प्रधानमन्त्रीसँग छलफल गर्नका लागि कार्यक्रम गर्न थालिएको बताउनुभयो । “युवाका नीतिगत समस्या धेरै नै रहेका छन्”, उहाँले भन्नुभयो, “ती नीतिगत समस्यालाई सिधै समाधान गर्नका लागि युवासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको हो ।” प्रधानमन्त्रीलाई प्रत्यक्षरूपमा भेटेर युवाका समस्या राख्नका लागि कार्यक्रम गरिएको परिषद्का उपसचिव ध्रुवराज पौडेलले जानकारी गराउनुभयो । युवा र प्रधानमन्त्रीबीच युवाका सवालमा प्रत्यक्ष संवाद र अन्तक्र्रियाको अवसर सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ । युवासँग प्रधानमन्त्री कार्यक्रममा एउटा निश्चित स्थानमा विभिन्न क्षेत्रका करीब ५० जना युवा सहभागी हुनेछन् । ती सहभागी युवाले आफ्नो क्षेत्रको समस्याबारे प्रधानमन्त्रीलाई त्यहीँ अवगत गराउने छन् र प्रधानमन्त्रीले युवाले राखेका नीतिगत, योजना, बजेटमा भएका समस्यालाई त्यहीँबाट सम्बोधन गर्ने परिषद्का उपसचिव पौडेलले बताउनुभयो । आगामी माघमा गरिने उक्त कार्यक्रमका लागि परिषद्ले विभिन्न क्षेत्रका युवासँग छलफलसमेत गरेको छ । परिषद्मा प्रत्येक क्षेत्रका युवाले छलफल गरेपछि ती क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना युवाले कार्यक्रममा प्रधानमन्त्रीलाई आफ्नो समस्याबारे जानकारी गराउने छन् । युवाले प्रधानमन्त्रीलाई राखेका समस्या प्रधानमन्त्रीले त्यहीँ मञ्चबाट विभागीय मन्त्रालयलाई सुल्झाउनेसमेत निर्देशन दिनुहुने छ । कार्यक्रममा युवासँग सरोकार रहेका अर्थमन्त्री, युवा तथा खेलकूदमन्त्री, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री, कृषि विकासमन्त्रीलगायत मन्त्रीसमेत उपस्थिति हुनुहुनेछ । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कार्यविधि नै बनाएर उक्त कार्यक्रम गर्न थालिएकाले प्रत्येक वर्ष कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा ‘युवासँग मुख्यमन्त्री’ र स्थानीय तहमा ‘युवासँग पालिका प्रमुख’ कार्यक्रम पनि सञ्चालन गरिने छ । रासस
News Desk 0 response बुधबार, कार्तिक २०, २०७६

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



