

-
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाइ (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई शपथ गराउनुभएको हो । राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो । यसअघि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को यही कात्तिक १७ गतेको निर्णयबाट सिफारिश भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश नं १), रत्नेश्वरलाल कायस्थ (प्रदेश नं २), अनुराधा कोइराला (प्रदेश नं ३), बाबुराम कँुवर (गण्डकी प्रदेश), उमाकान्त झा (प्रदेश नं ५), दुर्गाकेशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदूरपश्चिम प्रदेश) लाई पदमुक्त गर्नुभएको थियो । रासस
News Desk 0 response मङ्लबार, कार्तिक १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९