

-
काठामडौं । प्रदेश ३ मा मात्र तीन हजार भन्दा बढी डेंगुको बिरामी देखिएपछि यहाँको सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रणका लागि जागौं र लागौं अभियान सुरु गरेको छ ।
डेंगुको नियन्त्रणको लागि गाउँ ठाउँमा पानी जमेको खाल्डा पुर्ने अभियानमा सहभागी हुन मन्त्रालयले आह्वान गरेको छ ।प्रदेश सरकारले आउँदो कात्तिकसम्म प्रकोप नियन्त्रणका लागि ‘सबै जागौं, सबै लागौं’ अभियान सञ्चालन गर्न लागेको मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । अभियानमा राजनीतिक दल, सामाजिक संघ सस्था सबैलाई सहभागी हुन आह्वान गरिएको छ ।
डेंगु नियन्त्रणको लागि सरकारले प्रचारात्मक काम सुरु गरेको हो । विभिन्न चरणमा नियन्त्रणका लागि काम गरिए पनि प्रभावकारी नभएको भन्दै अब समुदाय नै सचेत हुन आवश्यक भएको भन्दै अभियानको थालनी गरिएको छ । डेंगुको उपचार र औषधी नहुने भएकोले बच्नु नै ठूलो विषय हो ।
सरकारले ५ हप्तासम्म आउँदो शनिबार बिहानबाटै नियन्त्रणको अभियान थालनी गर्ने बताएको छ । मन्त्रालयले डेंगु प्रभावित सिन्धुली, मकवानपुर, रामेछाप, धादिङ, नुवाकोटका अस्पतालमा उपचार गराइरहेका बिरामीको लागि झुल वितरण गरिएको छ ।डेंगुको प्रकोप प्रदेश ३ को सबैभन्दा धेरै चितवनमा १ हजार ४ सय ६० जना, मकवानपुरमा ७ सय ९१, काठमाडौंमा १ हजार ३ सय ४५, ललितपुरमा १ सय ५ जना, काभ्रेमा ६ जना, भक्तपुरमा ९६ जना, धादिङमा २३ जना, नुवाकोटमा २, सिन्धुपाल्चोकमा १ जनामा डेंगुको संक्रमण भएको छ । रामेछाप, दोलखा, सिन्धुली र रसुवामा डेंगुको बिरामी भेटिएका छैनन् । फैलिएको प्रदेश ३ मा ३ हजार ७ सय ६६ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले पत्रकारि सम्मेलन गरेर दिएको जानकारी अनुसार डेंगुबाट प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।
News Desk 0 response बिहिबार, भदौ २६, २०७६
– दीपक अर्यालबाट


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९