नेपाल प्राध्यापक सङ्घको महाधिवेशनमाथि बैधताको प्रश्न
पाँच बटा संगठनले भाग लिनुपर्नेमा एउटा संगठनले मात्रै भाग लिएपछि नेपाल प्राध्यापक सङ्घको महाधिवेशनको बैधतामाथि प्रश्न उठेको छ । अरु चार संगठनले महाधिबेशन बहिष्कार गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले नेपाल प्राध्यापक सङ्घको बिहिवारवाट सुरु भएको १६औं महाधिवेशन बहिष्कार गरेका हुन् ।
-

पत्रकार सम्मेलन गर्दै यी चार संगठनले संघको महाधिवेशन बहिष्कार गरेको घोषणा गरेका हुन् । संघको वर्तमान पदाधिकारीले आर्थिक अनियमितता गरेको, सबै विश्वविद्यालयलाई प्रतिनिधित्व नगराएको, पब्लिक क्याम्पसको हकमा प्रतिनिधि नमिलेको लगायतका असन्तुष्टि राख्दै उनीहरुले महाधिवेशन बहिष्कार गरेको जनाएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्राडा यादवप्रकाश लामिछानेले संघको महाधिवेशन अवैधानिक भएकोले आफूहरुले बहिष्कार गरेको स्पष्ट पारे । उनले भने, ‘संघ भनेको सबैको साक्षा संस्था हो । तर, महाधिवेशनजस्तो विषयमा सबैलाई सहभागिता गराउन सक्नुभएन । त्यसैले हामीले गम्भिर असन्तुष्टि राख्दै बहिष्कार गर्ने निर्णय गरेका हौं ।’
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सह–संयोजक प्राडा। रमेशप्रसाद भट्टराईले पब्लिक क्याम्पसमा भएको सहमतिलाई लत्याउँदै आफ्ना व्यक्तिहरुलाई मात्रै महाधिवेशन प्रतिनिधि बनाई एकलौटी गरेकोमा गम्भिर असन्तुष्टि जनाए ।
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्राडा जगदिशचन्द्र भण्डारीले ११ वटै विश्वविद्यालयबाट महाधिवेशनको लागि प्रतिनिधि हुनुपर्नेमा कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिनिधिविहीन बनाएकोमा आपत्ति जनाए ।
राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष उदय किशोर तिवारीले संघले एकलौटी रुपमा अधिवेशन सम्पन्न गरे आफूहरुले त्यसको विरुद्धमा अर्को नेपाल प्राध्यापक संघ चलाउने चेतावनी दिए । आफूहरुलाई जहिल्यैपनि संघले अपहेलना र विभेद गरेको पनि उनले गुनासो गरे ।
उनले भने, ‘संघले विश्वविद्यालयमा चुनाव गर्दा हामीलाई कहिल्यै पनि थाहा दिएन । विधिवत रुपमा अहिलेको महाधिवेशनमा पाँच वटा संगठनले भाग लिनुपर्ने हो । तर, चार संगठनले बहिष्कार गरेपछि अबैधानिक भएको हो ।
News Desk 0 response बिहिबार, असार १९, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३