

-
खानेपानी मन्त्रालयमा गएका नयाँ सचिव र मन्त्रीबीच समस्या देखिएको छ । यस अगाडिका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयतिर खेदिएको थियो । र त्यहाँ प्रधानमन्त्री कार्यालयबाट दीपेन्द्रनाथ शर्मालाई तानियो । तर, मन्त्री र सचिवबीच विवाद यस्तो छ कि मन्त्रीले केही दिनअघि मन्त्रालयमै चलेको बैठकका जुनियर कर्मचारीकै अगाडि सचिव शर्मालाई हकारिन् । हरेक कुरामा मन्त्री र सचिवबीच मतभेद हुन थालेपछि सचिव शर्माले निकटस्थ कर्मचारीसँग बह पोख्न थालेका छन् ‘मलाई त प्रधानमन्त्रीज्यूले मन्त्री बिना मगरसँग टक्कर लिन पठाएजस्तो पो भयो ।’
News Desk 0 response बुधबार, बैशाख ११, २०७६
कहिले भागिसकेको इटालियन ठेकेदार कम्पनी सिएमसी फर्काउने उद्घोष त कहिले कतारलाई नेपालको पानी बेच्ने प्रतिबद्धता ! खानेपानीमन्त्री बिना मगरका यस्ता उद्घोषका कारण विवादित हुँदै छिन् । बिनालाई थाहा नभएको पनि होइन यी काम सम्भव छैनन् । तर, थाहा हुँदाहुँदै बिना मगरलाई यस्ता अभिव्यक्ति दिन बाध्य पार्दै छन् केही व्यापारी । र, मन्त्री मगरचाहिँ तिनै व्यापारीको स्वार्थसिद्धि हुने हिसाबले अभिव्यक्ति दिइरहेकी छन् । विवादित बनिरहेकी छन् । अहिले मन्त्री मगर नेपालको स्प्रिङ र ग्लेसियर पानी विदेश निर्यात गर्ने कुरा उठाइरहेकी छन् । कहाँबाट र किन उठ्यो यो प्रसंग ? खानेपानी मन्त्रालयका उच्च अधिकारी भन्छन्, ‘यसमा नवधनाढ्य व्यापारी अजेयराज सुमार्गीको स्वार्थले काम गरेको छ ।’ सुमार्गीले रसुवाको धुन्चेमा हिमालयाज स्प्रिङ वाटर चलाइरहेका छन् । दुई दशकअघि कोरियन लगानीमा स्थापित यो कम्पनीका प्रतिनिधि एचएस हानसहितको टोलीलाई कुटपिट गरे धपाएपछि यसको स्वामित्व उनै सुमार्गीले हत्याएका थिए ०६४ सालमा । सो कम्पनीले अहिले ३५०,५००,९ सय मिलिलिटरका पेट बोतलमा हिमालयनज अन टप नामक पानी उत्पादन गरी बिक्री वितवरण गर्दै आइरहेको छ । त्यही स्प्रिङ वाटरलाई विदेशमा बेच्ने भन्दै सुमार्गी प्रचण्डको कान फुकेसँगै बिनाको पछिल्लो अभिव्यक्ति त्यसैको प्रतीक भएको खानेपानी मन्त्रालयका अधिकारी बताउँछन् । ‘खानेपानी मन्त्रालयको काम विदेशलाई पानी बेच्ने होइन । उत्पादनको काम उद्योगले हेर्छ, व्यापारको काम हो भने वाणिज्य मन्त्रालय छँदै छ । यस्तोमा खानेपानीको कुनै रोल पनि हुँदैन । हामी आश्चर्यचकित छौं, मन्त्री मगरको यो अभिव्यक्ति त्यसै आएको चाहिँ होइन’ खानेपानी स्रोतले भन्यो । सुमार्गीजस्तै अर्काे विवादस्पद व्यापारीको दबाबमा परी बिना मगरले मेलम्चीको कामबाट ठेक्का तोडेर भागिसकेको सिएमसीलाई फिर्ता ल्याउने अभिव्यक्ति दिइन् । त्यो अभिव्यक्ति आउनुको कारण रहेछ, नेपाल इन्भेष्टमेन्ट बैंकका मालिक पृथ्वीबहादुर पाँडे । एकातिर मेलम्चीको ठेकेदार सिएमसीलाई नेपाल इन्भेष्टमेन्ट बैंकले २६ लाख ८ हजार युरो धरौटी दायित्व बहन गरेको थियो । यस्तै, उसको सो रकम डुब्ने भएसँगै सिएमसीलाई फिर्ता बोलाउन बैंकको अध्यक्ष पाँडेले प्रचण्डमार्फत दबाब दिँदै आएको स्रोतको भनाइ छ । त्यही कारण बिनाले सिएमसीलाई फिर्ता बोलाएरै भए पनि मेलम्चीको काम टुंग्याउने उद्घोष गर्दै आएकी थिइन् तर सिएमसीले टेरपुच्छर नलगाएको जनआस्थामा समाचार छ ।

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


