

-
काठमाडौं ।
२०७२ सालको भूकम्पले बन्द भएको नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ ।
मङ्गलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत निरीक्षणमा परराष्ट्र,भौतिकमनत्री तातोपानी पुगेका थिए ।
मुलुकको रणनीतिक महत्वको सो नाका छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित अरनिको राजमार्गको पुनर्निर्माण पनि भइरहेकको छ । त्यसक्रममा क्षतिग्रस्त ठाउँ र सडकखण्डमा कटान रोकथाम, पहिरो नियन्त्रणको कार्य भइरहेको छ ।यो नाकासम्म पुग्न अहिले पनि अरनिको राजमार्गमा कहीँ पनि बाधा अवरोध छैन । नेपाल र चीनको सीमानामा रहेको ‘मितेरी पुल’ को निर्माण सकिने वित्तिकै चीनले सो पुल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ । पुल जेठ महिनामा नै चीनले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम तय भइसकेको छ ।
यो नाकासँग सरोकार राख्ने निकाय भौतिक पूर्वाधार तथा यातायात, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय यस कार्यप्रति गम्भीर रहेको तथा आ–आफ्नो मातहतका कामहरु पूरा गर्ने काममा लागिसकेका छन् । भन्सार व्यवस्थापन, सुक्खा बन्दरगाहको सञ्चालनलगायतका तयारीका लागि तीन चरणमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको छ ।
टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीचको ‘कनेक्टिभिटी’ तथा मित्रताको प्रतीकका रुपमा रहेको तातोपानी नाका सञ्चालनका लागि चीन सरकारसँग बारम्बार आग्रह गरिँदै आएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दुईपटक गर्नुभएको चीन भ्रमणको क्रममा समेत यो नाका खुलाउन उच्च प्राथमिकताका साथ कुरा उठाइएको तथा आफ्नो भ्रमणमासमेत यो विषयलाई गम्भीरतापूर्वक उठाएको मन्त्री ज्ञवालीले बताए ।
यसैबीच, भ्रमणमा पुगेका भौतिक योजनामन्त्री रघुबीर महासेठले अरनिको राजमार्गको अन्तर्गतको जुरेखण्डमा भइरहेको सडक मर्मतको काम तथा साढी खोल्चामा बेली बृज राख्ने काम एक महिनाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । त्यसैगरी, चिनियाँ पक्षबाट भइरहेका काम सन्तोषजनक नदेखिएका ठाउँहरुमा पुनः नयाँ ढङ्गले काम गर्न आग्रह गरे ।
सडक डिभिजन कार्यालय, चरिकोटका डिजिभन प्रमुख धर्मेन्द्र झाले अहिले बनदेउ–बाह्रबिसे खण्ड, बाह्रबिसे–कोदारी खण्डमा चिनियाँ पक्षबाट पुनस्र्थापनाको कार्य भइरहेको र आगामी जेठबाट अरनिको राजमार्गको सम्पूर्ण खण्ड सुचारु हुने जानकारी दिए ।त्यसैगरी, महाभीर सडक खण्डमा टेवा पर्खालको कार्य, बाह्रबिसे हेल्थ पोस्ट सडक खण्डमा नदी कटानले क्षति पुगेको स्थानको पुनस्र्थापनाको कार्य भइरहेको छ । त्यसैगरी बसेरी नदी कटानले क्षति पुगेको सडकको पुनस्र्थापनाको कार्य भइरहेको, बाह्रबिसे–जम्बु सडक खण्डमा कालोपत्रे सडक पुनस्र्थापनाको कार्य, दोलालघाट—बलेफी सडक खण्डको ‘रिकुरेन्ट’ मर्मतको कार्य भइरहको, लामोसाँघु–बाह्रबिसे सडक खण्डको ‘पिरियोडिक’ मर्मतको कार्य र बनदेउ–बाह्रबिसे सडक खण्डको विभिन्न स्थानमा नाली तथा जीर्ण संरचनाको पुनर्निर्माण कार्य भइरहेको जानकारी उनले दिए ।
News Desk 0 response बुधबार, चैत्र २७, २०७५
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ घनश्याम भट्टराई, पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसुदन अधिकारी टोलीमा सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



