यसरी मापन गरिँदैछ सगरमाथाको उचाई
सगरमाथाको उचाई मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरू बुधवार त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा एक करायक्रमको आयोजना गरि बिदाई गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माला र टिका लगाएर गाइडसहितको उक्त टोलीलाई विदाई गरे ।
-
काठमाडौं ।
नेपालले पहिलोपटक सगरमाथाको उचाई मापन शुरू गरेको छ । नेपाल सरकारले आफ्नै लगानीमा पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न लागेको हो ।
News Desk 0 response बुधबार, चैत्र २७, २०७५
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडी बढाएको हो ।
सगरमाथाको उचाई मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरू बुधवार त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा एक करायक्रमको आयोजना गरि बिदाई गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माला र टिका लगाएर गाइडसहितको उक्त टोलीलाई विदाई गरे ।
उचाई मापनका निम्ती आवश्यक पर्ने यन्त्रहरू सहित प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्नेछन । जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गर्ने र प्रमुख गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापन गर्नेछन् ।
उक्त कार्यका निम्ती पाँच जना गाइडहरू खटाइएको छ । पिक प्रमोशन प्रालीमार्फत छिरिङ जाङ्बु शेर्माको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्या उन मद्दत गर्नेछन् भने आङ्बु शेर्मा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३