

ब्यारेकभित्र यस्तो हुन्छ बदमासी
शान्ति सेना विभागमा दामोदर थापालाई राखेर सिपाहीका कोटा बेची कमाए । संगठनमा नवजीवसमशेरलाई राखेर आफ्ना मानिसलाई पायक ठाउँमा सरुवा गरी सोझो सीधाबाट नगदनारायण बटुले । घर बस्ने बेला नवजीवलाई मानार्थ उपरथी दिए । भर्ना छनोटमा टेक सिंहलाई राखेर क्याडेट परीक्षामा एक जना पास भएबापत २० लाख उठाए । सैनिक सचिव खड्ग मल्लले रकम आउने ठाउँँमा सबै आफ्ना नम्बरीहरू सरुवा गरी सेट मिलाए ।
-
सेनामा प्रवेश गरेका अधिकृत सबै पछि चिफको दाबेदार हुन्छन् तर सबै त्यो ठाउँमा पुग्दैनन् । २÷४ बेसिकमा एक जनाले मात्र चिफ हुने सौभाग्य पाउँछ । अफिसर क्याडेटदेखि जति माथि लाग्यो, उति आफ्नै साथीभाइबीच षड्यन्त्रको प्रतिस्पर्धा चल्न थाल्छ । अहिले संसदीय राजनीति शक्तिशाली भएजस्तै पहिला दरबार जब्बर थियो । जुन रूपमा नातागोता, भनसुन, पैसा, सिफारिसको चलन थियो अहिले पनि छँदै छ । शासक भनौं वा मानिसको अनुहार परिवर्तन हुँदासमेत सेनामा परम्परा वा पद्धति फेरिएन ।
News Desk 0 response बुधबार, चैत्र २७, २०७५
राजा वीरेन्द्रका एडिसी शान्तकुमार मल्ल र ताराबहादुर थापाबीच सामान्यबाहेक बोलचालसम्म हँुदैनथ्यो, उनीहरू एकापसमा षड्यन्त्रको प्रतिस्पर्धा गर्थे । पछि धरमपालवरसिंह थापा र कृष्णनारायण थापाको पनि उस्तै अवस्था रह्यो ।
रुक्मांगद कटवाललाई चिफ बन्न नदिन प्रदीपप्रताप बम मल्ल लागेका थिए । उनले नियम संशोधनसमेत गरे । सर्वोच्च अदालत पुगे तर समयले साथ दिएन, उपरथीमै घर गए । क्यान्सरले समेत छाडेन । प्रचण्ड र बादलले अपदस्थ गर्न खोज्दा आफ्नो हठ, भारतको सहयोग र राष्ट्रपति रामवरण यादवको साथ सहयोगले सरकार नै ढल्यो, दोस्रो पटक कटवाल बाँचे ।
कटवाललाई बर्खास्त गरी प्रचण्डको नियुक्ति बोकेर जंगी अड्डा आएका अभागी जर्नेल कुलबहादुर खड्का एकाएक गुमनाम भए । कुलबहादुरसँगै धेरै अफिसरलाई कटवालले बलिको बोका बनाए ।
कुलबहादुर हार्नु नै छत्रमानको भाग्य खुल्नु रह्यो । छत्रमान चिफ हुँदा ज्वाइँ दमन घले र भाइ नीरमान सिंह, गंगा गुरुङ, जित गुरुङ, गौरव गुरुङहरूको भाग्य खुल्यो । यही समय एकै बेसिकका गौरवसमशेर र नेपालभूषण चन्दबीच प्रतिस्पर्धा र षड्यन्त्र चल्यो । गौरव समशेरको दक्षिणी नाताले नेपालभूषण ढले ।
गौरव आएपछि सबै गुरुङलाई चारभञ्ज्याङ कटाइयो तर मेजर गौरव गुरुङ नामराशि मिलेको र मगर पल्टनमा बसेको कुरा मिलाई चिफको अफिसमा बसे, मगर पल्टन कमाण्ड गर्न गए, निर्माण र मगरको वेलफेयर भन्दै अकुत सम्पत्ति मात्र कमाएनन् तक्मा पनि लाउन भ्याए । गौरव ३ वर्ष बिताई छत्रमान र नेपाल भूषणको रिस जर्नेल प्रेमप्रकाश थापामाथि पोखेर गए । थापालाई हेम खत्रीको केसमा बर्खास्त गरे । जाने बेला फास्ट ट्र्याक लागू गरी आफ्ना मान्छेलाई माथि ताने र द्वन्द्वमा लडेकाहरूको घाँटी सेरे, विभिन्न निर्माण, हतियार खरिद र सुनाचुरी प्लान्टबाट कमिसनको आर्थिक खेलमा लागेर अनुहारभरि मोसो दली गए । प्रेमप्रकाश थापा चिफको दाबेदार थिए ।
प्रेमप्रकाश बर्खास्त नभएको भए राजेन्द्र क्षत्री र पूर्णचन्द्र थापालाई कठिन थियो । प्रेमप्रकाशलाई कारबाही गरेको खुसियालीमा प्रदीप राणाले ३ तारा लगाए । अकुत कमाएर पनि गुमनाम बने ।
राजेन्द्र क्षत्रीले जर्नेल बिनोज बस्नेतलाई टर्म नथपी घर पठाए । आर्थिक घोटाला गरेको अभियोगमा टर्म नथपेको बताए पनि राजेन्द्रको दाजुले बहिनी भगाई लगेको र खान्दानीहरूले सिपाहीको छोरोलाई ज्वाइँ सकार नगरेको रिस आफूमाथि फेरिएको बिनोज बताउँछन् । राजेन्द्रले बस्न्यातलाई कारबाही नगरेको भए पूर्णचन्द्र चिफ हुने थिएनन् । राजेन्द्र क्षत्रीले ३ वर्ष कि विदेश सयरमा बिताए कि ठेकेदारसँग मोलमोलाइमा रमाए । उनले सबै विभागमा रकम उठाउन आफ्ना विश्वासिला अफिसर राखेका थिए । यसैक्रममा ननस्टाफ कलेज, बहुविवाह काण्ड र दिनदहाडै आफ्नै महिला स्टाफसँग अफिसमा रसरंग गर्ने भुवन अधिकारीलाई उपरथीमा बढुवा गरे । भुवन मेजर हँुदा रुद्रध्वजका गणपति स्टाफ कलेज गरेका अफिसर अहिले महासेनानी छन् तर उनले दुईतारे पड्काइदिए । बढुवा भए पनि ध्रुवराज खत्रीलाई बुझाउनुपर्ने आर्थिक प्रशासन विभाग आफंैले लिए । शान्ति सेना विभागमा दामोदर थापालाई राखेर सिपाहीका कोटा बेची कमाए । संगठनमा नवजीवसमशेरलाई राखेर आफ्ना मानिसलाई पायक ठाउँमा सरुवा गरी सोझो सीधाबाट नगदनारायण बटुले । घर बस्ने बेला नवजीवलाई मानार्थ उपरथी दिए । भर्ना छनोटमा टेक सिंहलाई राखेर क्याडेट परीक्षामा एक जना पास भएबापत २० लाख उठाए । सैनिक सचिव खड्ग मल्लले रकम आउने ठाउँँमा सबै आफ्ना नम्बरीहरू सरुवा गरी सेट मिलाए ।
सेनाको रसदपानी हेर्ने र ठेकेदारसँग सम्पर्क हुने खाद्य परिवहन विभागमा राजेन्द्र चिफले काकाको छोरा ज्योतिन्द्र र अभिलेख विभागमा ज्वाइँ सुशील भण्डारीलाई राखे । भण्डारी जंगी अड्डाका महŒवपूर्ण विभागमा फनफनी घुमिरहने भाग्यमानी अधिकृतमा पर्छन् । जंगी अड्डा र सिभिल बजेटबाट चल्ने वन्यजन्तु विभागमा जर्नेलको दरबन्दी हुँदाहँुदै कृष्ण सापकोटा कर्णेललाई ३ वर्ष राखे । बजेट झ्वाम पारे । पहिलो वर्ष कृष्णकी श्रीमतीलाई सेनाको बिजेश्वरी स्कुलमा प्रिन्सिपल नियुक्त गरियो । दोस्रो वर्ष झ्वाम्मै कृष्णलाई जनसेवा श्री तक्मा लगाइदिए । घर जाने कृष्णलाई एनडिसी तालिममा पठाए । भाइ र भतिजाका श्रीमतीलाई तक्मा लगाइदिए ।
सेनामा माथिल्लो तह खुम्चिँदै गएको कारण कसैले नसोचेको राजनीति चल्छ, चलिरहन्छ । निर्णायक बन्छन् वर्तमान चिफ ।
– जनआस्था बाट


सम्बन्धित शीर्षकहरु
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८० -
खरिदारको सरुवा फागुनसम्म रोकियो
मङ्लबार, मंसिर १२, २०८०