

-
काठमाडौं । सबै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्पष्ट पारेका छन् । त्यससम्बन्धी निर्णय पुर्नविचार नहुने स्पष्ट पारे । मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू गर्ने सन्दर्भमा सरकारले निर्णय गरिसकेकाले अब त्यसको कार्यान्वयन गरिनेमा बिश्वास दिलाए । पत्रकारलाई श्रमको मूल्य देऊभन्दा अधिनायकवाद भन्नु गलत भएको भन्दै उनले प्रेस स्वतन्त्रताको नाममा श्रमको शोषण गर्ने प्रवृतिको अन्त्य गरेरै छाड्ने बताए। उनले भने ुश्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरूलाई जहिले पनि १ सय ४ होइन १ सय ५ डिग्रीको ज्वरो आउछ। त्यो ज्वरो आइरहेको म देखिरहेको छु। हेरिरहनेछु। जुन दिनसम्म म यहाँ नेतृत्व गरिरहने छु। म व्याक हुन्न। व्याक हुनुपर्ने कुनै अपराध गरेको छैन।ु उनले नक्कली कागजात बनाएर स्वतन्त्रताको लडाइँ लड्ने विषयमा सरकारलाई झुक्काउने प्रयास नगर्न पनि सचेत गराउनुभयो । खास गरेर ठूला मिडिया संञ्चालकहरूप्रति निकै आक्रामक देखिएका मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक उपलब्ध गराएरनगराएको बारेमा कडा निगरानी गरिने चेतावनी दिए। न्यूनतम पारिश्रमिक लागू गर्ने विषय खासमा सरकारको भन्दा पनि पत्रकार र तिनसँग सरोकार राख्ने संस्थाको एजेण्डा हुनुपर्ने बताए। आफ्नाविरुद्ध जति नै आलोचना गरे पनि त्यसको कुनै अर्थ नरहेको भन्दै उनले ‘पत्रकारलाई पारिश्रमिक देऊभन्दा अधिनायकवाद भन्नु दिउँसै रात पारे जस्तो हुने’ टिप्पणी गरे।
News Desk 0 response मङ्लबार, चैत्र २६, २०७५

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



