

सगरमाथाको उचाई नाप्न दुई कर्मचारी चैत्र अन्तिममा चुचुरोमै पुग्ने
विक्रम संवत २०१० मा सर्वे अफ इन्डियाले नापेर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । त्यसपछि २०५५ मा अमेरिकाले ८ हजार ८ सय ५० मिटर र २०६१ मा चीनले ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी उचाइ मापन गरेको थियो ।
-
काठमाडौं ।
संसारकै अग्लो चुचुरोको नयाँ उचाइ मापन गर्न नेपाल सरकारका दुई कर्मचारी चैतको अन्तिमसाता सगरमाथा आरोहण गर्ने भएका छन् । २०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको भन्दै भ्रम सिर्जना भएपछि विगत एक वर्षदेखि विभागले उचाइ मापन गरिरहेको छ । २५ करोड रुपैयाँ लागतमा अघिल्लो वर्ष फागुनदेखि मापन थालेको विभागले हालसम्म करिब ६५ प्रतिशत स्थलगत काम सकिएको जनाएको छ । आगामी ९ महिनाभित्र सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने विभागको तयारी छ ।
२०७२ को भुकम्पपछि ८ हजार ८ सय ४८ मिटरको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भएको भन्ने भ्रम सिर्जना भएपछि सरकार आफैले नयाँ उचाइ मापन गरिरहेको छ । उचाइ मापनका लागि सगरमाथाको चुचुरोसम्मै पुग्नुपर्ने भएकाले विभागका दुईजना कर्मचारी त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की चैतको अन्तिम साता सगरमाथा चढ्ने तयारी छ ।
बंगालको खाडी सगरमाथाको सुरु आधारविन्दु रहे पनि जयनगरसम्म भारतले यसअघि नै मापन गरिसकेकाले हाल विभागले सिरहाको माडरबाट सगरमाथा उचाइ नापिरहेको छ । टोलीले सोलुखुम्बुको पताले सम्म लेवलिङको काम सम्पन्न गरेको विभागको भनाई छ । उचाइ मापनका लागि सोलुखुम्बु, संखुवासभा, भोजपुर र खोटाङमा पर्ने २ सय ८५ मध्ये २ सय ३० विन्दुमा सर्वेको काम सकिएको छ ।विक्रम संवत २०१० मा सर्वे अफ इन्डियाले नापेर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । त्यसपछि २०५५ मा अमेरिकाले ८ हजार ८ सय ५० मिटर र २०६१ मा चीनले ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी उचाइ मापन गरेको थियो ।
News Desk 0 response शुक्रबार, चैत्र २२, २०७५


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२