

प्रदेशमा काम गर्न संघीय मन्त्री र सचिव बाधकः मुख्यमन्त्रीहरु
संघीय सरकारका मन्त्रीदेखि सचिवसम्मले प्रदेशमा काम गर्न सकस्या पारेको मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग गुनासो गरेका छन् । गत मंसिर २३ र २४ गते बसेको अन्तरप्रदेश समन्वय परिषद बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले आफ्ना समस्याबारे यस्तै गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेका थिए ।
-
काठमाडौं ।
संघीय सरकारका मन्त्रीदेखि सचिवसम्मले प्रदेशमा काम गर्न सकस्या पारेको मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग गुनासो गरेका छन् । गत मंसिर २३ र २४ गते बसेको अन्तरप्रदेश समन्वय परिषद बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले आफ्ना समस्याबारे यस्तै गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेका थिए । त्यही बैठकले संघ र प्रदेश सरकारबीचको दुरी कम गर्न २९ बुँदे कार्ययोजना समेत अघि सारिएको थियो । तर त्यो कार्ययोजना पालनामा संघीय सरकारले तदारूकता नदेखाएको, संघका मन्त्री र सचिवका कारण काम गर्न अप्ठेरो परेको गुनासो समेत मुख्यमन्त्रीहरूले बिहीबार प्रधानमन्त्रीसँगको भेटमा पोखे । यसबाहेक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा पनि छलफल भएको मुख्यमन्त्रीहरूको भनाइ छ ।
प्रधानमन्त्रीसँग स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयबारे पनि छलफल भएको थियो । आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेशलाई दिने बजेट ३३ प्रतिशत हुनुपर्ने माग प्रदेश २ का मुख्यमन्त्रीले गरेका थिए ।
News Desk 0 response शुक्रबार, चैत्र २२, २०७५
मुख्यमन्त्रीहरुले आफ्नो अधिकारक्षेत्र प्रष्ट नभएको, अझै पनि काम गर्न कानुन बाधक बनेको लगायत पुरानै गुनासा पनि दोहोर्याएका थिए । अधिकार बाँटफाँटकै विषयलाई लिएर प्रदेशले संघसँग बारम्वार गुनासो गर्नु र संघले पनि शक्ति बाँटफाँटमा प्रष्ट पार्न नसक्नुले दुवै तहका सरकारबीच नै अविश्वासको वातावरण समेत बनेको छ ।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९