

मंगलबारयता १४ कर्मचारी घुससहित पक्राउ
घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् । मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सहज रूपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।
-
काठमाडौं ।
घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् । मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सहज रूपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।
यस्तै, सोमबार आन्तरिक राजस्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सबिन सुवेदी घुससहित पक्राउ परेका थिए । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नपछि नियमअनुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका लागि उनले १५ हजार घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।
गत, शुक्रबार एकै दिन अख्तियारले भ्रष्टाचारको आरोपमा पाँच कर्मचारीलाई पक्राउ गरेको थियो । बाराको सिमरास्थित डिभिजन वन कार्यालयका प्रमुख अधिकृत शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी घुससहित पक्राउ परेका हुन् । ठाकुर र केशरीलाई २५ हजार तथा कार्यालय सहयोगी अधिकारीलाई ९० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । कवाडी मालसामानको ठेक्काका लागि उनीहरूले अग्रिम घुस लिएका थिए । ठेकेदारले पहिल्यै अख्तियारलाई खबर गरेपछि तीनजना फन्दामा परेका हुन् । त्यस्तै, मोरङको लाटिझोडास्थित सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत सलाउद्दिन अन्सारी पनि शुक्रबार नै घुससहित समातिएका छन् । वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिएबापत सेवाग्राहीसँग उनले ३५ हजार घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई डिभिजन वन कार्यालय विराटनगरबाट पक्राउ गरेको हो ।
News Desk 0 response शुक्रबार, चैत्र २२, २०७५
शुक्रबार नै प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वीरेन्द्र सिन्हा पनि पक्राउ परेका थिए । तारेखमा गएका वेला उनलाई अख्तियारले हिरासतमा लिएको थियो । तत्कालीन कृषि विकास कार्यालय पर्साका प्रमुख रहँदा उनले लाखौँ अनियमितता गरेको प्रमाण भेटिएपछि नियन्त्रणमा लिएको नयाँ पत्रिकाले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९