सरकारले अत्यावश्यक सेवामा हडताल गर्न नपाइने निर्णय गरेको छ । मन्त्री परिषदको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रबक्ता मन्त्री गोकुल बाँसकोटाले उक्त कुराको जानकारी गराए। सामूहिक सौदावाजीका लागि निजी क्षेत्रमा उत्पन्न समस्याको लागि सरकारले सहजीकरण गर्ने उनले बताए ।
सरकारले विभिन्न सडकखण्डमा सवारी साधनका लागि सडक उपभोग दस्तुर वृद्धि गरेको छ। बस, ट्रक र साना सवारी साधनलाई ३ तहमा राखी दस्तुर कायम गरिएको छ।
युनाइटेड सिमेन्टलाई धार्दिङमा आवश्यक जंगल क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए। सो उद्योगका लागि शून्य दशमलब १७ हेक्टर बन क्षेत्र उपभोग गर्न स्विकृत दिइएको छ। मन्त्री बाँस्कोटाले हुरीपीडितको क्षतिको यथार्थ विवरण गृह मन्त्रालयको समन्वयमा संकलन भइरहेको पनि अवगत गराए। उनले भने,‘पुनर्स्थापना र पुनर्निर्माणलाई केही समय लाग्छ। यसपटक सरकारले समयमै उद्धार गरेन भनी पीडितबाट गुनासो सुन्नुपरेन।’