

मध्यभोटेकोशी जलबिद्युत आयोजनाको काम पाँच बर्षमा पचास प्रतिशत मात्र
तीन बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजना निर्माण थालेको ६ बर्ष पुगिसक्यो । अहिले पनि पचास प्रतिशत काम सकिएको छैन । कम्पनीको नाममा यहाँका राजनीतिक नेतादेखि सांसदहरुले पनि मनग्य फाईदा लिईरहेका छन् । तर, काम छिटो सक्ने बिषयमा भने कसैको ध्यान भएको छैन । सर्वसाधारणकोसमेत शेयर रहने यो आयोजना धेरैका लागी दुहुनो गाईनै भएको छ ।
-
सिन्धुपाल्चोक ।
मध्यभोटेकोशी जलबिद्युत आयोजना निर्माण सुरु भएको ६ बर्ष लाग्यो । तीन बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको यो आयोजनाको काम अहिले आधा पनि सकिएको छैन ।
व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने लक्ष्य राखिएको आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु भएको हो । कामको ढिलाईले अहिले २१ अरव लगानी पुग्ने अनुमान गरिएको छ । यही अनुपातमा काम हुने हो भने आयोजना सम्पन्न हुँदा ३० अरव रुपैयाँ लगानी पुग्ने भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको अहिलेसम्म ४५ प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।आयोजनामा चिलिमेको ३८ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक÷एक प्रतिशत संस्थापक सेयर रहने छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ प्रतिशत र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत सेयर दिइने गरी आयोजनाको काम सुरु भएको हो । यो जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाबासी र सर्वसाधरणसमेतको सेयर लगानीमा १ सय २ मेगावाट क्षमताको निर्माणाधीन छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन गर्ने योजना रहेको छ । चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना जिल्लामा सबैभन्दा ठूलो हो । आयोजनाको बाध साविक मार्मिङ गाविस ९ (हाल भोटेकोशी ५ चाकुमा ) र पावर हाउस बाह्रबीसे नगरपालिकाको जम्बुमा रहनेछ । यसको सुरुङको लम्वाई ७.२ किलोमिटर लामो रहेको छ ।

पाँच बर्षमा आधा काम भएन
तीन बर्षमा सक्ने योजना रहेपनि अहिले आयोजनाको बाँध स्थलमा खन्ने र स्लोभ बनाउने कार्य सम्पन्न गरी मुख्य बाँध निर्माण गर्न नदी डाइभर्सन कार्य गरिएको छ । सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ मात्रै खनिएको छ । विद्युतगृहका लागि खन्ने काम सकिएको छ । तर, अहिले पुनः काम रोकिएको छ ।
सुनसान ड्याम निर्माण क्षेत्र
कूल चार किमी लामो २२० केभीको ट्रान्समिसन लाइनको सर्वेक्षण सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । अहिले आयोजनाले विसं २०७६ को असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । तर, काम रोकिएका कारण यो समयमा काम सम्पन्न हुने अवस्था छैन । हालसम्म सो आयोजनाको समग्र निर्माण कार्य प्रगति करीब ४२ प्रतिशतमा रहेको कम्पनीलेनै जानकारी दियो । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट वार्षिक दुई अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ । स्थानीयवासीका अनुसार कामको जिम्मा पाएको चिनियाँ ठेकेदार पक्ष र आयोजनकै कारण काम ढिलाई भएको हो । ‘कामको गती बढेको देखिएन,मैले १ महिनादेखि कामको अनुगमन गरे तर, यही तरिकाले काम गर्ने हो भने दश बर्षमा पनि काम सकिँदैन’,–भोटेकोशीका गाउँपालिकाका अध्यक्ष पौडेलले भने,–‘स्थानीयको लगानीमा आयोजनाको कर्मचारी मोटाउने काम मात्र भईरहेको छ ।’आयोजनाले भने जुरे पहिरो, महाभूकम्प, नाकाबन्दी एवं बाढीका कारण निर्माणमा ढिलाइ भएको प्रतिकृया दिएको छ ।
News Desk 0 response बुधबार, चैत्र २०, २०७५

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



