

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या आवश्यकता भन्दा कमः गृहमन्त्री
कि प्रहरीको संख्या थप्नुपर्छ कि उनीहरुलाई आधुनिकिकरण गर्न सके कम जनशक्तिबाटै काम चलाउन सकिने थापाको भनाई छ ।
-
काठमाडौँ ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या आवश्यकता भन्दा कम नै रहेको गृहमन्त्री रामवहादुर थापाले बताएका छन् । कि प्रहरीको संख्या थप्नुपर्छ कि उनीहरुलाई आधुनिकिकरण गर्न सके कम जनशक्तिबाटै काम चलाउन सकिने थापाको भनाई छ ।
सुरक्षा र प्रविधिमा लगानी गरेका मुलुकलेमात्रै विकासमा फड्को मारिरहेको भन्दै थापाले विकासको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको बताए ।थापाले अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न गृहमन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालयमा २०७५÷७६को दोस्रो चौमासिक सम्मको कार्यप्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिए ।
बैठकमा मन्त्रालयको पूँजीगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायलाई निर्देशन दिए ।
अहिले आन्तरिक सुरक्षा प्रमुख बिषय रहेको भन्दै प्रहरीमा थप लगानी बढाउनुपर्नेमा थापाले जोड दिए ।
News Desk 0 response बुधबार, चैत्र २०, २०७५कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले पूँजिगत खर्च कम खर्च हुनुको कारण खौज्दै समाधान निकाल्न निर्देशन दिएका छन् । बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभाग, प्रहरी किताबखानालगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।


सम्बन्धित शीर्षकहरु
-
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९ -
जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
मङ्लबार, माघ २४, २०७९ -
फागुन पहिलो हप्ता कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने
मङ्लबार, माघ २४, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदलीको संभावना
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३..
मङ्लबार, माघ २४, २०७९
-
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९ -
जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
मङ्लबार, माघ २४, २०७९ -
फागुन पहिलो हप्ता कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने
मङ्लबार, माघ २४, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदलीको संभावना
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३..
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९