

-
काठामाडौं ।
थपिएका पाँचवटा संवैधानिक आयोग मध्ये कर्मचारी व्यवस्थापनको अभावमा मधेशी,थारु र मुस्लिम आयोगले अहिलेसम्म काम शुरु गर्न सकेका छैनन् ।
आ–आफ्नो भाषा, संस्कृतिको संरक्षण र समुदायको हकहितका लागि गठन भएका मधेशी, थारु र मुस्लिम सहित पाँचवटै आयोगका अध्यक्षले गत बिहिबार पद बहाली गरेका हुन् । तर अरु सदस्य अहिलेसम्म सिफारिस गरिएको छैन् । एक त आयोगमा पदाधिकारी सिफारिसमै बिलम्व गरिएको थियो त्यसमाथि अहिले अध्यक्ष नियुक्तिसँगै कार्यालय स्थापना भएपनि आवश्यक कर्मचारीको व्यवस्था अझै गरिएको छैन् । जसले गर्दा आयोगले काम थाल्न सकेका छैनन् । जस्तो ३१ जनाको दरबन्दी रहेको थारु आयोगमा पाँचजना चालक सहित जम्मा ११ कर्मचारी छन् ।
मधेसी आयोगलाई पनि काम अघि बढाउन कर्मचारीकै अभाव छ । त्यसमाथि पदाधिकारी भनेकै अध्यक्ष मात्र हुन् । अध्यक्ष विजय दत्त भने मधेसी समुदायको गुनासो सुनुवाइबाट काम थाल्ने र त्यसका लागि डिजिटल मैत्री एप्स बनाउने तयारी भैरहेको बताउँछन् ।मुस्लिम आयोगमा पनि दरबन्दी अनुसार कर्मचारी छैनन् भने सदस्यहरुको नियुक्ति समेत बाँकी नै छ । अझ आयोगका अध्यक्ष समिम अन्सारी विरुद्ध सर्वोच्च अदालतमा उजुरी परेको छ । यस्तो अबस्थामा काम अघि बढाउन मुस्लिम आयोगलाई झन अप्ठ्यारो देखिन्छ । साविकका ८ बाहेक सबै जातजातिको अधिकार संरक्षणका लागि भनेर बनाइएका नयाँ संवैधानिक आयोगको कार्यप्रारम्भ नै सुस्त छ । नयाँ आयोगलाई प्रभावकारी बनाउन समयमै ध्यान नदिने हो भने यी आयोगमा केही व्यक्तिले आकर्षक सेवा सुविधा पाउँने छन् तर गठन बमोजिमको लक्ष्य पुरा हुने छैन् ।
News Desk 0 response आइतवार, चैत्र १७, २०७५

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



