

स्थानीयतहका जनप्रतिनिधि र कर्मचारी मिलेर भ्रष्टाचार
नियम सिकाउने कर्मचारी र आदेश दिने जनप्रतिनिधिले मिलेरै कुम्ल्याउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी गरी १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि खुलासा भएको हो ।
-
काठमाडौँ ।
स्थानीयतहमा जनप्रतिनिधि र कर्मचारी मिलेरै भ्रष्टाचार गरेका घटना बृद्धि भईरहेको छ । नियम सिकाउने कर्मचारी र आदेश दिने जनप्रतिनिधिले मिलेरै कुम्ल्याउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी गरी १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि खुलासा भएको हो ।
भोजपुरको षडानन्द नगरपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १० जनामाथि विद्युत् विस्तार परियोजनाको २८ लाख ९५ हजार हिनामिना गरेको अभियोगपत्रमा दाबी गरिएको छ ।
मुद्दा दायर गरिएकामा तत्कालीन प्रशासकीय अधिकृत जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर बिमलमान राई, सब–इन्जिनियर महेश कार्की, शिक्षा अधिकृत मणिराम तामाङ, वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य किशोर किराँत, उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ ९श्रेष्ठ० र संयोजक हेमकुमार श्रेष्ठ छन् । अख्तियारले अभियोगपत्रमा २८ लाख ९५ हजार रुपैयाँलाई बिगो मानी जरिवाना र जेल सजाय मागदाबी गरेको छ ।
त्यसैगरी आयोगले जाजरकोटको साबिक सीमा गाविस सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सामुदायिक भवन निर्माण क्रममा गाविस सचिव दीपकबहादुर सिंहसहितले २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ ।
मुद्दा दायर गरिएकामा सिंहका अतिरिक्त सबइन्जिनियर नरबहादुर नेपाली, सामाजिक परिचालक भीमबहादुर राना र भवन निर्माण उपभोक्ता समिति अध्यक्ष दिल्लीदेवी बाँठो छन् ।
अख्तियारको अभियोगपत्रमा उक्त भवन निर्माण सम्झौता एवं लागत अनुमानबमोजिम सम्पन्न नभएको अवस्थामा मापदण्डविपरीत गरिएकालाई सही भनी प्रमाणित गरेर झूटो बिलभर्पाई बनाई भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरूमाथि २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ बिगो कायम गरी जरिवाना र जेलसजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।
News Desk 0 response आइतवार, चैत्र १७, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



