

-
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको दाबी गरे। कर्मचारी समायोजनजस्ता सहज नभएका काम सकेर कानुन पनि बनिरहेका कारण अव विकासका काम गर्न सजिलो हुने ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सबै आधार तयार भएको बताए । समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले प्रष्टीकरण दिए। प्रधानमन्त्री ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटकपटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको दाबी गरे। देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा रहेको र एकजुट अवस्थामा पुगेको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न आग्रह गरे। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तानभन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु नहुने प्रधानमन्त्री ओलीले स्मरण गराए।
News Desk 0 response आइतवार, चैत्र १७, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



