
-
काठमाडौं ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादव ‘यादववाद’को चंगुलमा यसरी फसेका छन् कि प्रदेशका मन्त्री, राष्ट्रिय सभाका सांसद, केन्द्रीय समिति, जिल्ला समिति सबैतिर यादवको जगजगी छ । राष्ट्रिय सभामा यादव समुदायकै प्रमिला स्वास्थ्य विभागको महानिर्देशकदेखि सिंहदरबार वैद्यखाना र आयुर्वेद अनुसन्धान तालिम केन्द्र, नरदेवी अस्पताल ट्रमा सेन्टरमा खोजी–खोजी यादव नै । सबै ठाउँबाट मधेसी समुदायकै प्रमुखलाई लखेटेर यादवलाई खोजी–खोजी नियुक्ति दिएका हुन् । नरदेवी अस्पतालको प्रमुखमा भारतबाट नक्कली सर्टिफिकेट ल्याएको आरोप खेपिरहेका श्यामबाबु यादवलाई राखिएको छ । सिंहदरबार वैद्यखानामा हरदेव यादव आएका छन् । छैटौं तहका कर्मचारी हुन् । नियमानुसार आठौं तहको कर्मचारीले मात्र प्रमुख हुन पाउँछन् । आठौं तहका वंशदीप शर्मा खरेललाई हटाएर जुनियर कर्मचारीलाई नियुक्त गरिएसँगै खरेल अदालत गए र १५ दिनअघि मुद्दा जितेर आए पनि ढिम्किनै दिइएन । खरेललाई मन्त्रालयमा तानेर हरेन्द्रलाई नै जिम्मेवारी दिइएको छ । ट्रमा सेन्टरको प्रमुखमा क्याबिनेटबाटै निर्णय गराई प्रमोद यादवलाई लगिएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १४, २०७५
आठ महिना लामो रस्साकस्सीपछि वीर अस्पतालले प्रमुख पायो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा मधेसीमूलकै डा. डिएन साहलाई नियुक्त गरिएको छ । उनको पार्टीबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई काखी च्यापे । प्रतिनिधिसभामा पार्टीले १६ सिट पाउँदा रेणु, रामसाह, सुरेन्द्र, सूर्यनारायण, रामबाबु र प्रदीप, उमाशंकर यादव समुदायकै । प्रदेश २ मा फोरमका ६ मन्त्री भएमध्ये ४ जना विजय, ज्ञानेन्द्र, योगेन्द्र र उषा यादव समुदायबाटै ल्याईएको जनआस्थाको समाचारमा छ ।


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९